web analytics

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समिति भेला सम्पन्न

अष्ट्रेलिया / फाल्गुन ०४  प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले क्विन्सल्याण्ड राज्यमा राज्य समिति भेला सम्पन्न गरेको छ । भेलाले रोजेस घिमिरेको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको छ । आयोजक कमिटीमा सह-संयोजक कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे, त्यस्तै सदस्यहरुमा प्रदिप राई, विवेक ढुंगाना, ईशा भटचन, विवेक ढकाल, बाबुराम चालिसे, सन्तोष ढकाल, विजय पोख्रेल, आशिष पौडेल, स्वीकृति केशी, विष्णु खनाल, प्रकाश पौडेल, नवीन खड्का, शुसान्त पाठक, आशिष कोईराला, यसोदा शर्मा, शिक्षा बराल, सन्दीप पौडेल, जोवन कोईराला, मोहनबाबु पन्त, राशिक थापा, अमीत बोगटी र शिवहरि तिमिल्सिना चयन भएका छन । त्यस्तै, सल्लाहकार समितिमा विवेक अर्याल, कृष्ण प्रसाद पौडेल, प्रमोद दवाडी, राजिव पान्डे र प्रकाश राई रहनुभएको छ । ‘प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया’को केन्द्रिय कमिटीका चारजना केन्द्रिय सदस्यहरु रमेश पौडेल, प्रमोद दवाडी, कृष्ण पौडेल र विवेक अर्यालको उपस्थितिमा समिति चयन भएको थियो ।

नेपालको सामाजिक, आर्थिक तथा राजनैतिक परिस्थितिसंग प्रत्यक्ष सम्बन्ध राख्ने यस ‘प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिन्छ । तत्कालीन दुई ठुला पार्टी नेकपा एमाले र माओवादी केन्द्र बिचको एकतासंगै अष्ट्रेलिया स्थित फरक विचार राख्ने दुई संगठनहरु प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र जनप्रगतिशील मञ्च अष्ट्रेलिया विच एकता भएको थियो । सोपश्चात् संगठनको अध्यक्षमा रमेश पाण्डे चयन हुनुभएको थियो ।

COVID-19 Post ADS

नेपाली राजनीति यतिबेला निकै जटिल मोडमा पुगेको छ । पार्टी फुटको औपचारिक घोषणा नभैसक्दा पार्टीका देश र विदेश संगठनहरुमा समेत त्यसको प्रत्यक्ष झट्का देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले पार्टी विधान, विधि र बहुमतको निर्णयलाई वेवास्ता गर्दै आफु खुशी काम गर्दै ठुलो बलिदानबाट प्राप्त संविधानको विपरीत गैरसंवैधानिक कदम लिँदै संसद विघटन गरिनु संविधानको विरुद्धको प्रतिगामी कदम भएको प्रचण्ड-नेपाल नेतृत्वले निष्कर्ष निकालेको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा फाटो आएसंगै बहुमतको निर्णयलाई वेवास्ता गरेको तथा प्रधानमन्त्री ओलिको गैरसंवैधानिक कदमको समर्थन गरेको कारण देखाउदै ‘प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया’को अध्यक्ष पदबाट रमेश पाण्डेलाई कारबाही गर्दै निस्कासन गरिएको प्रचण्ड-नेपाल पक्षले दाबी गरेको छ ।

प्रधानमन्त्री ओलिकै शैलीमा अध्यक्ष पाण्डे समेत देखिएपछि उनको पदच्युत गरिएको प्रचण्ड-नेपाल समूहको दाबि छ । कमिटीले पाण्डेलाई कारबाही गर्दै वरिष्ठ उपाध्यक्ष राजन बस्नेतलाई अध्यक्ष बनाएको छ । बस्नेतको नेतृत्वमा अष्ट्रेलिया राज्यभर विभिन्न राज्यहरुमा आयोजक कमिटी गठन गरिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.