web analytics

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको वार्षिक साधारणसभा सम्पन्न

अष्ट्रेलिया । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाले आफ्नो प्रथम वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गोविन्द भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम अनलाइनबाटै गरिएको हो ।

नेपाल स्थित केन्द्रीय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रमको विषेश अतिथिमा संस्थाका सल्लाहकार राम कँडेल रहनुभएको थियो ।

COVID-19 Post ADS

संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु सापकोटाले गर्नु भएको प्रस्तावमा छलफल गर्दा संस्थाले छिट्टै लोक तथा दोहोरी गीत प्रतियोगिता गर्ने भएको हो । कार्यक्रमले अष्ट्रेलियाका विभिन्न राज्यमा लोकदोहोरी गायन तथा नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष गोविन्द भट्टराईले जानकारी गराए । संस्थाले एक बर्षमा गरेका कामको मुल्यांकन तथा आगामी कार्य योजना बारे छलफल भएको सचीव प्रकाश सापकोटाले बताए ।

विश्व महामारी कोरोनाका कारण यस बर्ष अपेक्षाकृत कार्यहरु हुन नसकेता पनि संस्थाले विभिन्न कार्यक्रम गर्दै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने सहसचीव अर्जुन खनालले बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.