web analytics

समिक्षा अधिकारीको ‘केटो अलि कमाउने होस’, युट्युवमा सार्वजनिक !

काठमाडौ । विशाल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘केटो अलि कमाउने होस’, युट्युवमा सार्वजनिक भएको छ । नेपाली समय अनुसार बुधबार दिउँसो ४ बजे सार्वजनिक भएको गीत विशाल इन्टरटेनमेन्टको आफ्नै युट्युव च्यानलमा अप्लोड गरिएको छ ।

सुमधुर स्वरकी धनी समिक्षा अधिकारी अनि गायक सुनिल कटुवालको स्वरमा सजिएको यस गीत बहुप्रतिक्षित गीत मध्यको एक गीत भएको कम्पनीको दाबी छ । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीस अनि अस्मिता अधिकारीको अभिनय देख्न सकिन्छ । जसमा प्रेम खड्का, रेनु खड्का बरुवाल, र आकांक्षा तामाङले अभिनयमा साथ दिएका छन ।

COVID-19 Post ADS

विधान कार्कीद्वारा निर्देशित यस म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुनभने गीतको नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका हुन ।

दिग्गज दौरालीको शब्द तथा वरिष्ठ संगीतकार अर्जुन पोख्रेलको संगीतमा अडियो निर्माण भएको हो । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ साजन शाहले गरेका हुन ।

विशाल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएका गीतहरु ‘औंठि सुनैको’ र ‘पिपलुवर’ले छोटो समयमा निकै ठुलो सफलता हात पारेको छ । दुबै गीतलाई युट्युवमा लगभग ५० लाख पटक हेरिएको छ ।

उत्कृष्ट म्युजिक भिडियो दिँदै आईरहेको विशाल इन्टरटेनमेन्टका गीतहरु आम दर्शकश्रोताको रोजाईमा पर्नुका साथै निकै प्रतिक्षित हुने गर्दछन ।

प्रस्तुत छ म्युजिक भिडियो :-

 

गीतको शब्द :-
केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो
केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो

हम…. परिवारले सोचेको त धन को कुरा हो
तिम्रो मेरो पिरती त मन को कुरा हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन

माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला

आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो

हाइ हाइ ….आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो
हम… अरुले त बाहिर बाट देख्ने कुरा हो
तिम्रो माया मुटु भित्र लेख्ने कुरा हो

बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन

माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला

लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो

लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो

मेरो हात ले तिम्रो सिउदो भर्ने पक्का हो
अब तिमि मेरै भागमा पर्ने पक्का हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन

माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.