मिर्गौला पीडित श्याम रौनियारलाई सुदुरपश्चिमेली नेपाली समाजद्वारा आर्थिक सहयोग

ब्रिसबन । अष्ट्रेलियाको ब्रिसबनमा बस्दै आएका मिर्गौला पीडित नेपाली युवा श्याम रौनियारको उपचारका लागि ‘सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्यान्ड शाखा’ले आर्थिक सहयोग गरेको छ । समाजले उनको उपचारका लागि १६४९ डलर आर्थिक सहयोग हस्तान्तरण गरेको हो । उनको उपचारमा झन्डै ७० हजार डलर लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।
उनलाई सहयोग गर्नका लागि यो लिंक खोल्नुहोस

२०१७ को फेब्रुअरी महिनामा अष्ट्रेलिया आएका रौनियारको गत सेप्टेम्बर १० कादिन एक्कसी बिरामी परेपछि मात्र मिर्गौलाको समस्या बारे थाहा पाए ।
जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मिएका रौनियारको अर्को मिर्गौलाले पनि काम गर्न छोडेपछि यतिखेर समस्यामा छन । डाक्टरले यथासिघ्र मिर्गौला पत्यारोपणका लागि तयार रहन भनेको श्याम बताउछन । तर उपचारमा लाग्ने त्यति ठुलो रकम उनीसंग छैन । जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मिएको बारे समेत यतिखेर मात्र थाहा पाएको उनी बताउछन । एउटा मात्र मिर्गौला हुने बिरामीलाई सानैदेखि विशेष हेरचाह गरिदो रहेछ तर नेपालमा कहिल्यै केहि समस्या नदेखिएकाले कहिल्यै मिर्गौलाको बारेमा कुनै चेकजाँच गराइन; उनेले भने ।
उनले अष्ट्रेलियाका विभिन्न संघ,संस्था तथा नेपाली समुदायसंग सहयोगका लागि अपिल गरिहेका छन । वीरगञ्जमा जन्मिएर काठमाडौंको ढल्कुमा स्थायीरुपमा बस्दै आएका उनले आफु बिरामी परेपछि आमालाई पनि अष्ट्रेलिया बोलाए । सेप्टेम्बर २२ मा अष्ट्रेलिया आउनुभएको आमाले उनको हेरचाह गर्दै आउनुभएको श्याम बताउछन ।
अष्ट्रेलियाको महंगीमा कोठाभाडा, ग्रोसरी, यातायात तथा अन्य थुप्रै खर्च नै खर्चले उनलाई आर्थिक चापमा पारेको छ । समयमा उपचार गर्न पाए जीवन पाउने आशा गरिरहेका श्यामले उनको उपचारका लागि आर्थिक सहयोग गर्ने सुदुरपश्चिमेली नेपाली समाजलाई धन्यवाद व्यक्त गरे ।
यस अघि विभिन्न संघसंस्थाहरुको सहयोगमा ३० हजार डलर जम्मा भएको उनी बताउछन । उपचारका लागि थप ४० हजार अभाव भएपछी उनी पुनः आर्थिक सहयोगका लागि अपिल गरिरहेका छन । ब्रिसबनमै बस्दै आएका समाजसेवा युवा विपिन कार्कीले उनको उपचारका लागि रकम जम्मा गराउन अभियान सञ्चालन गरेका छन । GoFundme मार्फत समाचार तयार पार्दा सम्म ३७३७ डलर जम्मा भएको छ ।
डाक्टरले ढिलोमा पनि आगामी जनवरीको महिना भित्र अप्रेसन गर्न सुझाव दिएका छन । भारतको न्यु दिल्ली बिएलके हस्पिटलमा मिर्गौला प्रत्यारोपण गर्ने उनको तयारी छ ।
दैनिक ४-५ घन्टा भन्दा बढी नउभिन तथा प्रयाप्त आराम गर्न डाक्टरले सुझाएतापनि घरखर्च धान्नका लागि उनी काम गर्न बाध्य छन ।
छिटो भन्दा छिटो मिर्गौला प्रत्यारोपण गरिएनभने जे पनि हुनसक्छ, त्यसैले मेरो जीवन रक्षाका लागि सानो सहयोग गरेर मलाई मेरो जीवनदान दिनहुन सम्पुर्ण सहयोगी मनहरुलाई अपिल गरेको छु ; श्यामले बताए ।
केहि महिना अधि मात्र गठन भएको ‘सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्यान्ड शाखा’ ले विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने बताउदै आएको छ । संस्थाका अध्यक्ष सरोज सिंह ठकुरीले श्यामको जीवन रक्षाका लागि यति सहयोग मात्र होइन, उनको उपचारमा लाग्ने थप रकम जम्मा गर्नका लागि अभियान सञ्चालन गरिरहेको बताए ।
विभिन्न संघसंस्था तथा समुदायमा गएर श्यामको जीवनरक्षाका लागि सहयोग मागिरहेका छौं, सहयोगी मनहरुलाई उनको जीवनरक्षाका लागि सहयोग गर्नुहुन आग्रह गरेका छौं ! आशा छ नेपालीहरुको मन धेरै ठुलो छ, यस्ता अप्ठ्यारोहरुमा सहयोग गर्ने बानी नेपालीहरुमा हुन्छ । यस्तै-यस्तै काममा लागि समिति गठन भएको हो आगामी दिनहरुमा समेत हाम्रो संस्थाले यस्ता कामहरुलाई निरन्तरता दिनेछ ; ‘सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्यान्ड शाखा’का महासचीव सुरेश बोगटीले बताए ।
उनलाई सहयोग गर्नका लागि यो लिंक खोल्नुहोस
समाजसेवी विपिन कार्की श्यामको उपचारका लागि सहयोगको अपिल गर्दै (भिडियो यस लिंकमा हेर्नुहोस ।)
https://m.facebook.com/story.php?story_fbid=10225039919925577&id=1245062121
Comments are closed.