web analytics

तेह्र वर्ष परदेशमा बसेका परदेशीले गीतमार्फत वास्तविकता खोले

  -सुनिलकुमार लो
कञ्चनपुर, ४ मङ्सिर ।
वैदेशिक रोजगारीको सिलसिलामा विगत तेह्र वर्षदेखि जापान बसीरहेका शिरीष गौतमले मर्मस्पर्शी गीतमार्फत वास्तविकता खोलेका छ्न । गीतकार पिताम्बर चापागाईको शब्द, गायक सुर्य खड्काको संगीत र एकल आवाजमा रहेको ” जे भएनी परदेशमा राम्रै भन्नुपर्छ” बोलको गीतमा जीवन्त अभिनय  गरेर मोडल गौतमले परदेशको वास्तविकता खोलेका छ्न ।
आफ्नो जन्मभूमि छोडेपछि परदेशी भूमिमा गर्नुपर्ने दु:ख गीतमा दर्शाइएको छ । सञ्चो विसञ्चोको मतलब नगरी रातदिन मेसिन जसरी काम गर्नुपर्ने, भोक र पीडा बुझिदिने कोहि नहुने र आफ्नो मान्छेको लागि समय निकाल्न नसकिने यावत समस्याको बावजुद पनि राम्रै छ भनेर भन्नुपर्ने तितो यथार्थलाई गीतले बोलेको छ ।
कञ्चनपुर बेलौरी स्थायी बसोबास भै विगत तेह्र बर्षदेखि जापान बसीरहेका शिरिष गौतमले जब यो गीत सुने । उनलाई आफ्नै पीडा यो गीतले बोले झै लाग्यो । त्यसपछि उनले यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने ईच्छा गरेका थिए। कलाकारीतामा रुचि राख्ने मोडल गौतमले यसमा अभिनय गरेको जस्तो पटक्कै लाग्दैन ।  गितले  वास्तविकता बोलेको छ भने अभिनयले सुनमा सुगन्ध थपेको छ । कला र संगीतका पारखीहरुले यो गित र भिडियो छुटाए भने पक्कै पछुताउने छ्न । अनि विदेशमा बसीरहेका  र विदेशमा आफन्त रहेकाहरुले यो भिडियो हेर्दा आँखा अवश्य चिसो बनाउनेछ ।
गीतकार पीताम्बर चापागाईंले गितमा यस्तो मर्मस्पर्शी शब्द दिनुभएको छ । जसको एक टुक्रा यहाँ प्रस्तुत छ ।
“गफलाएर हुँदैन, ढाँटन छ्ल्न पाईदैन, मिसिनले झै काम गर्ने मिसिन बन्नुपर्छ ।
चिनिदैन कुन हो दिन कुन हो रात, व्यस्त शहर व्यस्तै छ मेरो हात, जेभएनी परदेशमा राम्रै भन्नु पर्छ।।”
यस गीतको सुन्दर भिडियो बनाउन गोविन्द बिष्टले योगदान दिएका छ्न । उनले यसको निर्देशन, छायांकन र सम्पादन गरेका हुन । जिएमएस म्युजिक एण्ड फिल्मस, जापानको पोष्ट प्रोडक्सन रहेको भिडियोलाई surya khadaka नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
हेर्नुस् भिडियो

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.