web analytics

सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया शाखाको देउसीभैलो कार्यक्रम भव्यताका साथ सम्पन्न

अष्ट्रेलिया  । सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्याण्ड, अष्ट्रेलिया शाखाले आयोजना गरेको देउसीभैलो कार्यक्रम आइतबार र सोमबार भव्यरुपमा सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको देउसीभैलो कार्यक्रम टीकाको दिन सोमबार पनि क्विन्सल्यान्डको नेपाली समुदायमा निकै हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

सुदुरपश्चिमेली नेपाली युवाहरुद्वारा गठित यस समितिले देश तथा विदेशमा जहाँकहिँ समस्यामा परेका आम नेपालीहरुको सहयोगको लागि काम गर्ने जनाएको छ ।

COVID-19 Post ADS

छुट्टै भाषा, संस्कृति, रिति, रिवाज अनि भौगोलिक अवस्थाका कारण पनि सुदुरपश्चिमले पृथक परिचय बनाएको छ । आफ्नो मौलिकतालाई जगेर्ना गर्दै सामाजिक कार्यमा हातेमालो गर्न सुदुरपश्चिमेलीहरुले संसारका विभिन्न देशमा “सुदुरपश्चिमेली नेपाली समाज” गठन गरि काम गरिरहेका छन ।

 

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गत महिना मात्र गठन भएको यस संस्थाले अष्ट्रेलिया आउने नयाँ नेपालीको सुरुवाती दिनहरुमा पर्न सक्ने सम्भावित समस्याको समाधानको प्रयास गर्ने देखि अष्ट्रेलिया तथा देशविदेशमा आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका तथा समस्यामा परेका नेपालीको लागि काम गर्ने लगायतका योजना रहेको जनाएको छ ।

हामीले संस्थाको तर्फबाट पहिलो पटक देउसीभैलो कार्यक्रम सम्पन्न गर्यौ ! सम्पुर्ण सदस्यहरु निकै उत्साहित देखिनुभयो, नेपाली समुदायमा हामीले जहाँजहाँ कार्यक्रम गर्‍यौ, सबैतिर निकै उत्साहपुर्ण कार्यक्रम भयो । आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन । हामी समाजका लागि केहि गरौं भनी प्रयास गरिरहेका छौं : संस्थाका अध्यक्ष सरोज सिंह ठकुरीले बताउनुभयो ।

कार्यक्रम संस्थाका पदाधिकारी लगायत अन्य नेपाली युवाको सहकार्यमा सम्पन्न भएको हो ।

देउसीभैलो बाट हाम्रो कार्यक्रम सुरु भएको छ, संस्थाका पदाधिकारीहरु लगनशील हुनुहुन्छ, हामीले सक्रियरुपमा संस्थालाई अधि बढाउने योजनामा छौं । क्विन्सल्याण्डमै पनि एकजना नेपाली उपचारमा लाग्ने आर्थिक अभावका कारण समस्यामा हुनुहुँदो रहेछ । हामी उहाँलाई कसरी सहयोग गर्न सकिन्छ भनि लागिरहेका छौं । कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्नुहुने सबैमा हृदयदेखि धन्यवाद भन्न चाहान्छु : महासचिव सुरेश बोगटीले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.