web analytics

पिपलुबरको सफलतासंगै अस्मिता पन्तको चर्चा !

काठमाण्डौँ । केहिदिन अघि मात्र विशाल इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको “पिपलुबर” बोलको म्युजिक भिडियोले २ साता नपुग्दै २ मिलियन भन्दा बढी भ्यु प्राप्त गर्दै सफलता पाएसंगै सो म्युजिक भिडियोमा अभिनय गरेकी अस्मिता पन्तको पनि ह्वात्तै चर्चा चुलिएको छ । म्युजिक भिडियोमा अहिलेका चर्चामा रहेका मोडल तथा नायक पल शाहसंग स्कृन शेयर गरेकी छन ।

COVID-19 Post ADS

नरेश खाती र समिक्षा अधिकारीको स्वरमा सजिएको यस म्युजिक भिडियो पछिल्लो समय निकै चर्चामा छ । टिकटकमा समेत निकै रुचाईएको यस म्युजिक भिडियोबाट मोडल पन्तले डेव्यु गरेकी हुन । डेव्यु म्युजिक भिडियोमा नै चर्चा बटुलेसंगै उनलाई नयाँ नयाँ म्युजिक भिडियोको निरन्तर अफर आईरहेको अस्मिता पन्त बताउछिन ।

उनै अस्मिता पन्तद्वारा अभिनित “रामप्यारी” म्युजिक भिडियो छिट्टै युट्युवमा सार्वजनिक हुँदैछ । यस म्युजिक भिडियोमा पन्तसंगै मोडल तथा गायक चक्र बमले स्कृन शेयर गरेका छन ।

म्युजिक भिडियो :- 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.