web analytics

लामो प्रतीक्षापछी युट्युवमा सार्वजनिक भयो “पिपलुबर”

काठमाडौ । नेपाली संगीतप्रेमी माझ लोकप्रिय शब्द संगीत दिँदै आएका गायक तथा सर्जक नरेश खाती र पछिल्लो समय सर्वाधिक चर्चा बटुल्न सफल गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको “पिपलुबर” आज नेपाली समय अनुसार दिउँसो ३ बजे प्रिमियर भएको छ ।

यस गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह तथा मोडल अश्मिता पन्तलाई देख्न सकिन्छ । गीत सार्वजनिक हुनु अगावै म्युजिक भिडियोको प्रिमियर लिंकमा अत्याधिक सकारात्मक प्रतिक्रियाहरु देख्न सकिन्छ । गीत प्रति नेपाली संगीतप्रेमीको तिव्र लगाव देख्न सकिन्छ ।

COVID-19 Post ADS

कोरोना महामारीका विच रेकर्ड भएर छायांकन गरिएको यस म्युजिक भिडियो काठमाडौं वरपरका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

निकै प्रतिक्षित यस म्युजिक भिडियोलाई लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाका अध्यक्ष समेत रहेका मोडल गोविन्द भट्टराईको अफिसियल युट्युव च्यानल “विशाल इन्टरटेनमेन्ट”बाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियोको लागि शब्द संगीत तथा स्वर नरेश खातीको होभने म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन ।

यस च्यानलबाट सार्वजनिक गरिएको कमला घिमिरेको स्वरमा सजिएको औँठी सुनैको बोलको गीतको म्युजिक भिडियोले राम्रो चर्चा बटुली रहेको छ । समाचार तयार पर्दा सम्म यस गीतलाई करिव ३० लाख पटक हेरिएको छ ।

प्रस्तुत छ म्युजिक भिडियो:- 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.