web analytics

प्रतिक्षित गीत ‘नौं डाँडा काटेपछि’को म्युजिक भिडियो युट्युवमा सार्वजनिक

काठमाडौं, १६ भदौ  :  धनगढीका उदयमान मोडल सुशील कुँवरद्वारा अभिनित म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ युट्युवमा सार्वजनिक भएको छ ।

नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् ।

गोविन्द गिरी ‘प्रेरणा’को शब्दमा बनेको गीतमा नरहरीले आफै संगीत भरेका छन् ।  गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ । रागभिजन मल्टी मुभिजको व्यानरमा बनेको म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् ।

दयाशंकर चौधरीले छायांकन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका छन् । म्युजिक भिडियोमा कोरियोग्राफी कालभैरवले गरेको छ ।

यस गीत नेपाली संगीतप्रेमी माझ प्रतिक्षित सांगीतिक कोसेली भएकाले ‘नौं डाँडा काटेपछि’ले युट्युवमा राम्रो भिउ बटुल्ने निर्देशक आग्रीले हाम्रै साझा पत्रिकालाई बताए।

प्रस्तुत छ म्युजिक नेपालबाट अपलोड गरिएको भिडियो:

Facebook Comments

Comments are closed.