web analytics

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको १ बर्ष पुरा

अष्ट्रेलिया, भदौ १४ ।
गत बर्ष अगस्ट ३० तारिकका दिन गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको समिति गठन भएको १ बर्ष पुरा भएको छ । संस्थाको अष्ट्रेलिया शाखा गठन भएपश्चात् संस्थाले सिड्नी र मेल्वर्नमा समेत उपसमिति गठन गरेको छ ।

कार्यक्रम सञ्चालन गर्दै सहसचिव अर्जुन खनाल ।
COVID-19 Post ADS

संस्थाका पुर्वअध्यक्ष चन्द्र शर्माको उपस्थितिमा गठन भएको अष्ट्रेलिया शाखाको अध्यक्ष पदमा मोडल गोविन्द भट्टराई छन । उनकै मातहतमा सिड्नी उपसमितिमा अध्यक्ष गोविन्द भन्डारी तथा मेलवर्न उपसमिति अध्यक्षमा हिरामणी गौतमले नेतृत्व सम्हालेका छन ।


संस्था गठन भएपश्चात् संस्थाले विभिन्न रचनात्मक कार्यहरु गरेको भन्दै लोकदोहोरी प्रेमी तथा संस्था प्रति शुभेक्षा राख्नेहरुमा अध्यक्ष भट्टराईले शुभकामना तथा धन्यवाद दिएका छन ।

अध्यक्ष भट्टराईले विश्वव्यापी महामारी कोरोनाका कारण समयमा संस्थाको प्रथम वार्षिक साधारणसभा गर्न नसकिएको जानकारी गराएका छन ।

 

प्रस्तुत छ अध्यक्ष भट्टराईद्वारा सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस :-


आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको कार्यसमिति गठन भएको पनि बर्ष दिन पुरा भयो । समिति गठन भएपश्चात् यस समितिबाट विभिन्न रचनात्मक कार्यक्रमहरु भए तथापि विश्वव्यापी महामारी कोरोनाका कारण उल्लेख कामहरु गर्न भने सकिएन ।

हाम्रो यस गौरवपुर्ण इतिहास बोकेको संस्थाको अष्ट्रेलिया शाखाको प्रथम साधारणसभा यस प्रतिकुल परिस्थितिका कारण समयमा गर्न नपाउदा दुखी महसुस गरेका छौं । हामीले अनुकुल समयमा संस्थाको पहिलो वार्षिक साधारणसभा गर्ने योजना बनाएका छौं ।

संस्था गठन भएदेखि आजका मिति सम्म संस्थाभित्र वा बाहिरबाट सल्लाह सहयोग गर्नुहुने सम्पुर्ण प्रति हृदयदेखि धन्यवाद प्रकट गर्न चाहान्छु । साथै, लोकदोहोरीलाई माया गर्ने तथा संस्थाको प्रगति चाहानुहुने सम्पुर्ण शुभेच्छुक आम नेपाली दाजुभाइदिदिबहिनीहरुमा शुभकामना तथा हार्दिक धन्यवाद दिन चाहान्छु ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.