web analytics

आवश्यकता अनुसार विकाश गर्दैछौँ : बाँसगडि ३ का वडा अध्यक्ष प्रेमराज पौडेल

बर्दिया जिल्लाको बांसगडि नगरपालिका ३ का अध्यक्ष प्रेम राज पौडेल स्थानीय चुनावमा तत्कालीन नेकपा एमाले बाट निर्बाचित वडा को ५ जनामध्ये एकजना अध्यक्ष मात्र निर्बाचित भए र अन्य चारजना तत्कालीन नेकपा माओवादी केन्द्र बाट निर्बाचित भएतापनी पार्टी एकीकरण पछि भने सबै नेकपामा परिणत भयो।
अध्यक्ष प्रेम राज आफ्नो स्थानीय वडा वासिहरुका लागी एउटा नेता नभएर सहयोगि भएको बताउँछन् ।
बाँसगडि नगरपालिका ३ वडा भित्र भौतिक पुर्बाधारहरु यसरी निर्माण सम्पन्न भए:-
लखनाचोक देखी बेलवा सम्म सडक कालोपत्रे ९० लाख वडा को बजेट नगरपालिका बाट १ करोड र प्रदेश सरकार बाट ५० लाख गरि कुल २ करोड ४० लाखमा वडा नम्बर ३ को क्षेत्र सम्म कार्य सम्पन्न गरिएको छ तर बाटो हस्तान्तरण गर्नुअ अगाबै सडक भत्किएको स्थानीय बताउँछन् । सोहि कालोपत्र सडक कुल एक किलोमीटर १ करोड बजेटमा सम्पन्न भयको योजना हो सडक भत्किए पछि निर्माण कम्पनीलाई पत्राचार गरिएको छ यदि समयमै निर्माण कम्पनी सम्पर्कमा नआए राजश्व धरौटी रु १७ लाख छ त्यही रकम द्वारा अर्को कम्पनी अथवा उपभोक्ता समिति द्वारा मर्मत को कार्य गराउने अध्यक्ष पौडेलले बताए ।

त्यसैगरी महादेवा सुन्दरबस्ती पक्की कल्पट निर्माण ६० लाख त्यसैगरि महादेवा गाउँदेखी बाँके बैजनाथ ६ सिमा जोड्ने सडक स्तरोन्नति ग्राबेल ६ लाख सुन्दर बस्ती हुँदै महादेवा जोडने बाटो ग्राबेल ६ लाख महादेवा गणेश मन्दिर निर्माण ३ लाख सुन्दर बस्तिमा हर हर महादेव मन्दिर निर्माण ६ लाख बेलवा खोप केन्द्र निर्माण ४ लाख बेलवा देखी सल्यानीटाेल जाने बाटो ग्राबेल ३ लाख सल्यानी टाेल देखी लखनाचोक जाने सडक ग्राबेल ७ लाख बेलवामा चर्च निर्माण २ लाख लखनाचोक खल्लाजाने बाटो ग्राबेल ३ लाख बेलवा खानेपानी निर्माणधिन स्वास्थ चौकी निर्माण पुस्पनगर प्रदेस ३६ लाख उत्तरभकारी थुनुवा निर्माण सम्पन्न ५ लाख उत्तरभकारी देखी चमकपुर सडक ग्राबेल १० लाख दैलेखी टाेल देखी ॐ केदारेश्वर धाम जाने बाटो स्तरोन्नति ग्राबेल १० लाख उत्तर भकारी शिव मन्दिर देखी पश्चिम ४ नम्बर वडा जाेड्ने बाटो ग्राबेल कल्पट २० लाख गौरिचोक देखी शान्तिपुर जाने बाटो कालोपत्र ३० लाख
लखना देखी गौरिचोक हुँदै २ नम्बर शान्तिपुर सम्म सडक ग्राबेल ५० लाख पुस्पनगर देखी मैनापोखर सडक कालोपत्र प्रदेश बजेट ५० लाख उत्तर भकारी चोक देखी ४ नम्बर जोड्ने सडक २ लाईनको कालोपत्र ५० लाख चक्रपथ निर्माण लक्ष्मनपुर गिरदवा खोपकेन्द्र निर्माण ६ लाख गिरदवा लक्ष्मनपुरदेखी उत्तर भकारी सडक ग्राबेल ५ लाख शान्तिपुर मङ्ताटाेल हुँदै बेलवा सडक ग्राबेल ८ लाख मङ्ता टाेल कल्पट रेलिङ्ग ग्राबेल ३ लाख उत्तर भकारी खोप केन्द्र तथा सामुदायिक भवन निर्माण १७ लाख पुस्पनगर देखी खेलमैदान जोड्ने सडक ग्राबेल ५ लाख त्यैसैगरी उत्तर भकारी मिल देखी पुस्पनगर सडक माटाे पटान ३ लाख युवाहरूलाई खेलकुद सामाग्री २ लाख त्यैसैगरी लखना चोक नजिक शिव मन्दिर सडकबत्ती निर्माण गर्ने नमुना वडा बनाउने आफु र आफ्नो टिमको योजना भएको वडा अध्यक्ष पौडेलले बताए ।
बाँसगडि नगरपालिकाको औद्योगिक हबको रूपमा वडा नम्बर ३ अग्र स्थानमा रहेको छ।चौधरी ग्रुप अन्तर्गत वाईवाई चाउचाउ कम्पनी,रारा चाउचाउ कम्पनी, इट्टा भट्टा,पानी उद्योग, ह्याचरी र चकटि म्याट उद्योग सन्चालनमा आएकोले स्थानीयले सहजै रोजगार पाएका छन्। कम्पनीहरुले उच्च पदमा बाह्य जनशक्ति को प्रयोग गरेपनी स्थानीयलाई मजदुरको रूपमा रोजगारी प्रदान गरेको छ।भने अहिलेसम्म बर्दियाको औद्योगिक हब पुर्ण रूपमा नबनेपनी बिस्तारै उद्योगहरु थपिदै आएका छन् ।त्यसैगरी बेलवा गिरदवा हुँदै उत्तरभकारी शिवमन्दिर बाँसगडि जाने बाटोमा डुडुवा नदिमा झोलुङ्गे पुल निर्माण लगाएत कृषिमा कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तरकारी खेती गर्ने किसानलाई बेमौसमी तरकारी उत्पादन गर्न टनेल बितण गरियो ।
बाख्रा पालन गर्ने किसान न्युनतम आयभएका किसानहरुको जिबनस्तर उकास्न बाख्रा बितरण सिप सिकेर रोजगारीमा जोडीन सिलाई कटाई तालिम प्रदान गरिएको छ।
यो वडा भौतिक रूपमा ठुलो र फैलिएको आकारका कारण स्थानीयलाई असहज नहोस् भन्ने उदेश्यका साथ पुर्ब पश्चिम महेन्द्र राजमार्ग स्थित भखारी चोकमा वडा कार्यालय सन्चालन गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.