web analytics

हुलाकी सडक प्रकरण: सिमामा पहरेदार भएर सडक निर्माण सम्पन्न गराउँछौ- पुर्व मन्त्री लाल बहादुर विश्वकर्मा

यम प्रसाद आचार्य
कञ्चर, २७ असार ।

नेकपा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री लालबहादुर विश्वकर्माले सिमामा पहरेदार भएर पनि हुलाकी सडक निर्माणलाई सम्पन्न गराएरै छाडिने बताउनुभएको छ ।

COVID-19 Post ADS

भारतले सडक निर्माण कार्यलाई अवरोध गरेको बेलौरीको पचुईमा पुगेर पूर्व मन्त्री विश्वकर्माले सो कुरा बताउनुभएको हो ।

केहि दिन अघि भारतले जिपिएसमा हुलाकी सडक भारत तर्फ देखाएको भन्दै अवरोध सृजना गर्ने प्रयास गरे सिमा विवाद पुन: उत्सर्गमा पुगे पछि सनिवार पुर्व मन्त्री बिश्वकर्मा को अगुवाइमा नेकपाले स्थलगत अनुगमन गरेको हो ।

सरकारले भारतिय ज्यादतीका विरुद्ध स्पष्ट नीति लिए सँगै भारतले बिनाकारण सिमामा विवाद सृजना गर्ने प्रयास गरिरहेको बताउदै नेकपा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री लाल बहादुर बिश्वकर्माले मातृभूमि रक्षाका लागि नेकपा डटेर लाग्ने बताउनु भयो । उहाँले यदि भारतले पुन सडक अवरोध गर्ने प्रयास गरेमा सिंगो पार्टी पंक्तिनै सडकमा खडा भएर सिमाको पहरेदार गर्ने र कामलाई कुनै पनि हालतमा रोक्न नदिने प्रतिबद्धता गर्नुभयो। उहाँले भन्नू भयो ” सुगौली सन्धि अनुसार सिमा कायम गरिनु पर्छ अन्यथा नेपाललाई कुनै पनि हालतमा स्वीकार्य नहुने र मातृभूमि रक्षाका लागि सिंगो जनता सिमामा खडा हुने जिकिर गर्नु भयो । कंचनपुरको दक्षिणी क्षेत्र प्यारातालको पिलर नम्बर १९४ देखि २०० नम्बर पिल्लर बेलडाँडी सम्म नै जटिल समस्या रहेको बाताउनु भयो । उहाँले सर्भे टोलि प्रमुख मधुकर मास्के प्रती नै संका व्यक्त गर्दै सत्य तथ्य छानबिन गर्न समेत माग गर्नु भएको छ ।

त्यसै गरि नेकपा नेता तथा अन्तर्राष्ट्रिय सिमा सरोकार समुह कंचनपुरका संयोजक पल्लव राज भट्टले विवादास्पद सिमा समाधानको लागि पटक पटक गृह मन्त्रालय, भुमी सुधार मन्त्रालय लगायत सम्बधित सबै निकायमा ज्ञापन पत्र बुझाईसकेको र नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सिमा सर्भे समितीले तयार पारेको स्टिप नक्सामा नेपालले असहमति जनाउदै हस्ताक्षर नै नगरेको भन्दै यसबारेमा कुटनैतिक पहल गर्ने प्रतिबद्धता जनाएकाले यो समस्या समाधान हुनेमा आफुहरु आशावादी भएको बताउनु भयो। सयोजक भट्टले जबसम्म स्टिप नक्सालाई सुगौली सन्धि यताका नक्सासंग तुलनामा गरिदैन तबसम्म समस्या समाधान नहुने जिकिर गर्नुभयो। भारतिय पक्षको हितमा हुने गरि स्टिप नक्सा तयार गर्ने मधुकर मास्केलाई समेत छानबिनको दायरामा ल्याउनु पर्ने माग संयोजक भट्टको छ।

अतिक्रमित भुमीमा नेकपाको टिम पुगे पछि किसानहरुले आफ्नो पीडा सुनाएका थिए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.