web analytics

भारतको वकालत गर्ने सरिता गिरीको सांसद पद चैट ।

असार २३,२०७७ ,

काठमाडौं । सरिता गिरीलाई समाजबादी पार्टीले पार्टीबाट निष्कासन गरेको छ । पार्टिबाट निष्कासन गरेसँगै गिरीको सांसद पद पनि गएको छ। उनी यो सँगै सांसदबाट पदमुक्त भएकी छन् ।

COVID-19 Post ADS

सांसद गिरिले नयाँ नक्सा जारी गर्दा भारतलाई नसोधि नक्सा निकालेको भन्दै बिरोध गरे देखि र नयाँ नक्साको बिरोधमा संसोधन प्रस्ताव पेश गरे सगै तिब्र आलोचना भैइरहेको थियो। पार्टीले संशोधन प्रस्ताव फिर्ता नलिए कार्वाही गर्ने भन्दै चेतावनी दिए पनि फिर्ता नलिए पछि पार्टीले छानबिन समिती नै गठन गरेको थियो।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
सामाजबादी पार्टीको मंगलबार बसेको पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । कार्यदलको सिफारिसका आधारमा उनलाई कारबाही गरिएको पार्टीका सचीव मोहम्मद ईतियाक राईले बताएका छन ।

पार्टीका सचिव राईले गिरीलाई पदबाट हटाइएको बारेमा निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी दिने निर्णय गरिएको बताए । गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताएकी थिइन् । उनले सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाएकी थिइन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.