web analytics

रोकिएन भारतको दादागिरी: हातहतियार सहित नेपाल प्रवेश गरेर हुलाकी रोड निर्माणमा अवरोध ।

असार २३, २०७७,

बेलौरी । कंचनपुरको दक्षिणि क्षेत्रमा निर्माणधिन हुलाकी राजमार्ग भारतीय पक्षले अचानक अवरोध पुर्याएको छ । हात- हतियारसहित नेपाल प्रवेश गरेर भारतीय सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरुले बेलारी-८ पचुहिमा सडक निर्माणकार्यमा अवरोध सृजना गरेका छन ।

COVID-19 Post ADS

निकै लामो समय देखि निर्माण भैरहेको यो हुलाकि सडक कालोपत्रे गर्न मात्र बाकी रहदा अनावश्यक विवाद झिकेर भारतीय पक्षले अवरोध सृजना गरेको हो ।

यसरी दादागिरी शैलीमा नेपाल प्रवेश गरेर अवरोध पुर्याए सगै स्थानीयहरु आक्रोशित भएका छन ।

बेलारीको वडा नम्बर ८ का वडा अध्यक्ष नन्दकुमार रानाले जिपिएसमा उक्त सडक भारततिर पर्ने भन्दै भारतीय अधिकारीहरुले आइतबार देखि नै निर्माण कम्पनिलाई काम गर्न अवरोध गरेको र मंगलबार हतियार सहित नेपाल प्रवेश गरेर जवरजस्ती निर्माणकार्य रोक्न
विवाद गरेको बताए ।

यस सम्बन्धमा बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरी सँग कुरा गर्दा यसलाई नेपाल र भारतका अधिकारीहरु बसेर कुटनैतिक रुपले यसको समाधान गर्ने र नेपालको एक ईन्च जमिन पनि आफुहरुले नछाड्ने र भारत पनि नलग्ने बताए । लामो समय देखि निर्माणाधीन सडकमा भारतले अनावश्यक विवाद झिक्नु गलत भएको भन्दै यसलाई वार्ता र संवादको माध्यमबाट सुल्झाउने बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.