web analytics

सुदुरप्रदेश संसदीय दलद्वारा पार्टी नेतृत्वलाई सुझाव(विज्ञप्ति सहित)

जनताले दिएको ऐतिहासिक जनमतको कदर गर्दै आन्तरिक द्वन्द अन्त्य गरि देशको सुशासन र समृद्धिमा लाग्न सुदुरप्रदेश संसदीय दलको सुझाव सहित विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुर पश्चिम प्रदेश संसदिय दलले मंगलबार पार्टी नेतृत्वका नाममा एक विज्ञप्ति जारी गरेको छ । सुदुर पश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय तारा लामा तामाङद्वारा जारी पत्रमा भनिएको छ “जनताले दिएको ऐतिहासिक जनमतको कदर गर्दै यतिखेर देखिएको आन्तरिक द्वन्द अन्त्य गरि देशको सुशासन र समृद्धिमा समर्पित हुनु नै पार्टी र सरकारको अभिभारा हो ।”

मंगलबार नै सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रधानमन्त्री ओलि पक्षधर र प्रचण्ड-नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरु बिच झडप भएको थियो । केहि दिनयता पार्टीका शिर्ष नेताहरु बिच देखिएको सत्ताको खेलले नेकपा नेता कार्यकर्ता मात्र नभई सर्वसाधारण जनता समेत सशंकित भएका छन । देशमा स्थायी सरकार रहला र समृद्धिको स्वाद चाख्न पाईएला भनेर पर्खिएका जनता सरकारका विविध कमि-कमजोरी, विभिन्न काण्ड तथा भ्रष्टाचारका समाचारले निरास देखिन थालेका छन, त्योसंगै पार्टी फुटाउने तथा सरकार नै गिराउने सम्मका कसरत चलिरहँदा देश अझै अस्थिरता तिर धकेलिँने पो हो कि भन्ने चिन्ता सर्वसाधारणले गर्न थालेका छन । यद्यपि, मंगलबारभने प्रधानमन्त्री ओलि र सहअध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिच गम्भीर छलफल भएको छ ।

COVID-19 Post ADS

विज्ञप्ति:-

Facebook Comments
Down to post ads-480-38

Comments are closed.