web analytics

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने व्यक्ति पक्राउ

हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ असार ।
कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गोरे भन्ने गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । असार २० गते शनिबार राति करीब १०ः४० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा आफ्नै छिमेकी ४७ वर्षीय गोपाल कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेर उनी फरार भएका थिए । प्रहरीले उनको खोजी गर्दै जाँदा सोमबार बिहान ०४ः३० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाको भनाइ छ ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.