web analytics

सुशील कुँवरले कसलाई सम्झिएका हुन त? “तिमिलाइ सम्झिदै” युट्युवमा सार्वजनिक

रंगमञ्च

 काठमाडौंं । लामो समय देखि काठमाडौलाई कर्म थलो बनाउदै आएका फिल्म निर्देशक जिबि आग्रीले पछिल्लो समय निर्देशन गरेको देउडा गीत “तेरो मेरो” म्युजिक भिडियो दुई हप्ता अगाडि मात्र सार्बजनिक गरेका थिएभने फेरि असार १० गते “तिमिलाइ सम्झिदै “बोलको लोक पप गित सर्बजनिक गरेका छन ।

उक्त गितको सम्पुर्ण छायांकन निर्देशक आग्रीकै गृहजिल्ला कञ्चनपुरको पुनर्वास र छिमेकी नगरपालिका बेलौरीको सेरोफेरोमा गरिएको हो । कम स्रोत साधन र कम बजेटमा पनि उत्कृष्ट भिडियो बनाउन सकिन्छभन्ने सोचाइ भएका निर्देशक आग्री ले नयाँ प्रतिभा र नयाँ कलाकारहरुलाई प्राथमिकता दिदै आएका छन ।

COVID-19 Post ADS

जेपि रेग्मीको स्वर रहेको गीतको शब्द गोविन्द गिरि(प्रेरणा)को हो । त्यस्तै, संगीत नरहरी प्रेमी तथा एरेन्ज: बिपिन आचार्यले गरेका छन भने अभिनयमा सुशील जंग कुँवर, गितान्जली बलायर,अन्जु धामी र नरेन्द्र एस के ले गरेका छन । मेक अपमा सानू कुस्मीले गरेकी छिन भने यस भिडियोका कोरियोग्राफर काल भैरब हुन ।

सुदुर पश्चिमका चर्चित छायाँकार दया सकर चौधरीले छायांकन गरेको उक्त भिडियोलाई सम्पादन सिलन लम्सालले गरेका छन भने यो गितको भिडियो निर्देशन जिबि आग्रीले गरेका हुन । राग भिजन मल्टी मुभिजको प्रस्तुति रहेक उक्त भिडियोलाई म्युजिक नेपाल बाट सार्बजनिक गरिएको छ।

रंगमञ्चमा आगमन गर्ने नयाँ अनुहार र कलाकारलाई सहजै रुपमा प्रस्तुत गर्न सक्ने खुबी निर्देशक आग्रीमा देख्न सकिन्छ ।
उनी सधै कला र कलाकारलाई माया गर्ने हुनाले होला कलाकारलाई आफ्नो परिवारको एक सदस्य जस्तै हो भन्ने सोच राख्दछन । तेसैले पनि होला उनिले थुप्रै नयाँ कलाकारलाई डेब्यु पनि गराइ सकेका छन । निकट भबिस्यमा आफ्नो जन्म भुमी सुदुर पश्चिमलाई एउटा बिश्व पहिचान सहितको कला सस्कृतीले भरिपुर्ण खालका कार्यक्रम तथा फिल्म बनाउने सोच बनाएका आग्री लाई हाम्रै साझा पत्रीकाको तर्फ बाट पनि धेरै धेरै शुभकामना ।

भिडियो :- https://youtu.be/2Tkh8vcdplc

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.