web analytics

नालामा डुब्दा ३५ वर्षे युवकको मृत्यु

भाष्कर के.सी
कञ्चनपुर, जेष्ठ २४ गते भीनपा–१५ को राधाकृष्ण टोल र हरीत टोलको सिमानामा रहेको गन्दानालामा खस्दा ३५ वर्षे युवकको मृत्यु भएको छ ।
बैलोरी भकुण्डा–५ मा स्थाई घर भएका हाल भीनपा– १५ हरीतटोलमा बसोबास गर्दै आएका वर्ष ३५ का लाल बहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो ।मृत्यक चौधरी हाल भीनपा१५का हरीतटोलका प्रयाग दत्त भट्टको खेती बनाउदै आएका थिए । दिउसो धानको विउको लागि युरिया लिएर आएका चौधरी सानो काठको पुलमा तर्न खोज्दा खसे पछि उनि डुबेका थिए । उनीे दायाँ खुट्टाका अपाङ्ग पनि थिए । स्थानिय बच्चाहरुले अन्दाजी ३ः३० बजे तिर पानीमा डुबेको देखे पछि उनलाई बचाउन पानी बाट निकाल्ने कोशिस गरेका थिए तर उनको मृत्यु भै सकेको थियो ।


उनको श्रीमति र दुई छोरी रहेका छन् । उनको शवलाई पोष्टमार्टको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । प्रहरीले मृत्त फेला परेका चौधरीबारे अनुसन्धान भै रहेको बताएको छ ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.