web analytics

नवराज एक प्रेम-कहानी लेखन जिबि आग्री ।

लेखन जिबि आग्री ।

जन्म त तिम्रो पनि उस्तै हो मेरो पनि उस्तै हो !
जन्मिदा तिमी पनि नाङ्गो नै जन्मिएको हौ !!
म पनि नाङ्गो नै जन्मेको हु !
चोट लाग्दा तिमी पनि रुन्छौ !!
म पनि रुन्छु,
खस्ने आँसु तिम्रो पनि उस्तै !
मेरो पनि उस्तै !!
काटिदा आउने रगत तिम्रो पनि रातो,
मेरो पनि रातो !
यो सृष्टिमा जति अधिकार तिम्रो छ,
त्यति अधिकार मेरो पनि छ !
वातावरणमा जुन अक्सिजन तिमिले लिन्छौ !!
त्यो अक्सिजन मैले पनि लिन्छु !
जसरी तिमी बाचेका छौ !
तेसरी म पनि बाचेको छु !!
खुसी हुदाँ जसरी तिमी हास्छौ !
तेसरी म पनि हास्छु !!
अजर र अमर तिमी पनि रहदैनौं !
म पनि रहदिन !!
एक दिन मर्नु पर्छ त्यो तिमी लाइ पनि थाहा छ ।
मलाइ पनि थाहा छ ।

COVID-19 Post ADS

अब भन फरक के छ तिमी र म मा…? किन यस्तो विभेद गर्छौं
म माथी के म अर्कै ग्रह बार आएको प्राणी हुँ? आखिर
के पायौ तिमिहरुले मलाई मारेर ? सन्तुष्टि, स्याबासी वा सलामी, खैर छोडौ मरेर म गए तिमीहरु धेरै बाच तर यो समाजलाइ यति मात्र भनिदेउ कि मेरो गल्ती के थियो ।
के प्रेम गर्ने अधिकार मलाइ छैन । के म पनि मानव होइन तिमी जस्तै तर आज तिमिले मानवताको परिचय नै बदलि दियौ । मैले मुक्ती पाए यो समाज बाट जुन समाजमा म सधै लडिरहुन पर्थ्यो कि ए हजुर म पनि तिमी जस्तै हु मेरो पनि मन छ । भावना छ । मैले माया गर्न पाउनु पर्छ ।

म मानिस हु म बाट टाढ भाग्नुस मलाई पनि तपाईंकै जसरि हेरिदिनुस म अछुत होइन म कोरोना भाइस जस्तो प्राण घातक होइन मलाइ छुदैमा तपाईंलाई करेन्ट लाग्ने होइन र मसंग बस्दै मा खादैमा सुत्दैमा तपाईं मर्ने पनि होइन हजुर बरु झन भाइचारा र मित्रता बढ्ने थियो । आदि इत्यादि भन्दै सम्झाउन नपर्ने भो । किन कि तपाईं हजुरले आज मलाई मुक्ति दिनु भो साथै म एक्लै भएर होला मेरा अन्य पाच जना साथीलाई पनि म संगै पठाइ दिनु भो।यहाँ नीर म तपाई प्रती दुखी छु । यिनिहरुको के गल्ती थियो । हजुर किन यिनिहरुलाइ बेमौत सजाय दिनु भो । मेरो गल्ती थियो कि मैले आकाशको जुन लाइ आफ्नो बनाउन खोजे गल्ती मेरो थियो सुश्मा लाई प्रेम गरे । गल्ती मेरो थियो सुश्माको प्रेम लाइ सहर्ष स्विकार्दै संगै जिउने बाचा कसम खाए । गल्ती मेरो थियो कि सुश्मा बिना बाच्दिन बरु मर्नै परे मरुला भन्दै उनको साथ माग्न पुगे ।

गल्ती मेरो थियो कि सुश्माले देखेका हरेक सपनालाई म साकार पार्छु तिमी मलाइ साथ मात्र देउ भने गल्ती मेरो थियो कि सुस्मा संग कतै पर नंया संसार संगै नया जीवन अनि हाम्रो सनो परिवार जस्लेको नाम यो समाज र यश समाजका मानिसहरु भन्दा फरक नै राख्ने अनि उस्लाई कथा सुनाउने रहर थियो बाबु मैले तिम्री ममि लाई तेति सजिलै कहाँ ल्याको हु र जसरी श्री रामले सीतालाई लन्का बाट ल्याउन दल बल सहित गएका थिए तेसरी म पनि गए
विभिन्न रोकावटका बाबजुद मल्ल जातकि तिम्री आमा म परे दलित तै पनि आट गरे बाबू दरबारको त्यो सुन्दर फुल लाइ ल्यार मेरो झुपडीमा सजाउने किन कि सजिलै मागेर दिदैन थिए।किन कि यो समाज र यहाँका मानिसहरुमा एउटा भ्रम छ कि म अछुत हु म तल्लो जातको हु मेरो पहिचान यो समाजमा तुच्छ मानबको छ।बरु जनावरको मुत देखि गु समेत चल्छ तर मेरो हातको पानि चल्दैन।त्यो निरही प्राणि कुकुर बिरालो गोरु बाख्रा आदिले प्रवेश पाउछ मैले पाउदिन किन कि म अछुत हु।मेरो हातको सीप चल्छ।मैले गरेको श्रम चल्छ।तर पानी चल्दैन खै किन हो एक पटक सोध्न मन थियो त्यो निर्जल निश्चल पानी लाई पानी तिमी मेरो हातमा आउना साथ के हुन्छ कुन्नि यो समाजका ठुला जात भनाउदाले खान मान्दैन किन भनेर सोध्न थियो त्यो पानीलाइ तर के गर्नु उत्तर दिदैन यो पानीले तेसैले पानी चले चलोस नचले नचलोस मेरा लागि सुश्मा र सुश्माका लागि म चले भइगो भन्दै हिडे यो समाजले बोलिराखोस म जबर्जस्ती भए पनि लिएर आउछु भन्दै हिडे तर गारो थियो सुश्मालाइ लिएर आउन किन कि बगौचाको मालीले सजिलै फुल टिप्न त दिदैन थियो तर फुलले मलाइ यहाँ बाट लैजा म यो संसार देख्न चाहन्छु।म
त संगै यो संसार अनि यो प्रकृतिको सुन्दर अनुभुती गर्न चाहन्छु भन्दै अनुमती दिएकी थिइन अनि म पनि किन रोकिनु हिडे नडराइ त्यो जातीय र बर्गिय पर्खाल लाई नाघ्दै प्रेमको जित हुन्छ भन्दै तिम्री आमाको माइती अर्थात रुकुम दरबारमा पुगे अनि तिम्री आमा लाई भने मलाई माया गर्छौ र मेरो माया प्रती बिश्वास छ भने आउ नत्र म अर्कि ल्याउछु भनेको लुरु लुरु म संग आइन हा हहा हा हास्न नपाउदै बिचैमा सुश्मा बोलिहालिन होइन होइन बाबू म भन्छु पख केरे कति झुट बोलेको तेसो भन्नु भाको होर।तिमी आउदिनौ भने म यहि भेरी नदिमा हाम फालेर मरि बदिन्छु।भनेर भन्थिन अनि म र मेरो छोरा छोरी अनि त्यो सानो घर गुन्जयमान हुने गरि हास्थेउ होला।तर आज त्यो हासो अधुरो नै रह्यो साचिकीकै तपाईंहरुले मलाइ भेरी नदिमै फालिदिनु भयो।प्लिज मेरि सुश्मालाई नफाल्नु होला उस्लाइ यो संसर हेर्न दिनु होला म उस्को साथ नभएर के भो म संग बिताएका एक एक पल र एक एक क्षेण अनि ती सम्झना प्रसस्तै छन उनि संग बिगत ३ बर्ष देखिन हामीले फेर्ने सास र हामिले खाने गाँस एउटै थियो तर आज त्यो तपाईंहरुले छुटाइ दिनु भयो।धन्यवाद हजुर्हरुलाइ। मेरि सुस्मा लाई सम्झाइ बुझाइ राख्नु होला किन कि म यो संसारमा छैन भन्दा पकै पनि उनी पनि बिछिप्त होलिन अतालिन्छिन होलि अनि धेरै रोलिन कतै गलत कदम उठाउलिन प्लिज सुश्मा लाई भन्नू तिमी यो २१ सताब्दीकि जिउदि मुना हौ।भनेर प्लिज प्लिज भनिदिनु ल सुश्मालाइ कि अब उपरान्त नवराज बिक जस्ताले सुश्मा को माया पाउनका लागि प्राणको बाजि लागाउन नपरोस भनेर अब उपरान्त
सुश्माको साथ पाउनका लागि अबका नवराज जस्ताले मृत्यु संग मितेरी लगाउन न परोस भनेर अब उपरान्त सुश्मा संग संसार बिताउने सपना देखेकै कारण अबका नवराजहरुले यो संसार त्याग्न नपरोस भनेर प्रीय प्राण प्यरी सुस्मा तिम्रो माया पाउन मैले मेरो प्राण त्यागे तर तिमी न त्याग्नु संसार सुन्दर छ।जीवन अमुल्य छ।केही गरेर देखाउ ताकी मेरो अत्माले भन्ने छ वा सुस्मा तिमी मेरि हौ ।अनि म सुस्माको प्लिज सुश्मा सक्छेउ भने बेला बेला मेरि आमा लाई भेट्न जानू रुदा रुदा कमजोर भएकि होलिन जसरी तिमी बेला बेला मेरो घर आएर आमा लाई सघाउथेउ तेसरी सघाउन त भन्दिन तर बेला बेला आँसु पुछन जानू है अनि मेरा दुब्ला कमजोर बुवालाई छोरो नरहेपनी उस्को प्रेम र उस्ले माया गरेको चिनो आफ्ना आखा अगाडि देख्न पाउँदा मेरो न्यास्रो मेट्छ्न कि सायद तिमीलाई देखेसी तेसैले जाने कोसिस गर्नु तर यो भेरी नदिको बाटो नहिड्नु यस्ले मलाइ चिनेन सुश्मा म अर्ध बेहोस मरणासन्न गरि कुटिएको मान्छे लाई यश नदिले अलि कति पनि दया देखाएन उठाएर किनारमा पनि राखी दिएन उल्टो मलाइ माया गर्यो तिमिले जसरी काखमा राख्थ्यौ तेसरी नै यसले पनि भन्यो नवराज अब तिमी मेरो भयौ।आउ सङै अन्कमाल गरौ। तर मैले लाख कोसिस गरे म तिमी लाई अंगाल्न सक्दिन किन कि म जुठो भै सके छु सुश्माको अंगालोमा बाधी सकेको छु प्लिज मलाई जबर्जस्ति नगर भम्दै रोए कराए तिमिलाइ बोलाए तर तिमिले सुनेनौ अन्त त यहि भेरीकै जित भो मेरो हार भो तेसिले यो बाटो न हिड्नु यो निचल कल कल बग्ने भेरी हेर्दा मात्र सुन्दर र मनमोहक छ।भित्र यसको मन कठोर छ।जो यस्को नजिक आउँछ।उसलाइ आफ्नो बनाइ हाल्छ।तिमी लाई पनि बनाउलान बिचार गर मन दरो पार्नु निडर हुनु अनि भन्नु हाम्रो प्रेम काहानको बारेमा त्यो खोला नाला झरना ती पाहाड र तेहा लाग्ने हरेक मेला महोत्सवमा तिमी र मैले बिताएका पल बारे……
उहीँ तिम्रो नवराज नबु….

Facebook Comments
Down to post ads-480-38

Comments are closed.