web analytics

अपडेटः यी हुन् नीति तथा कार्यक्रमका मुख्य २५ घोषणा (सूचीसहित)

काठमाडौंः  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

नीति तथा कार्यक्रमका मुख्य घोषणाः

COVID-19 Post ADS

– एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गरिने ।
– भूमि बैंक स्थापना गरिने ।
– सबै स्थानीय तहमार्फत युवाहरुलाई घुम्ती तालिम गरिने ।
– विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने ।
– राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने ।
– ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा कायमै ।
– जमिन बाँझो राख्न नपाइने ।
– स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने ।
– खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने ।
– सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने ।
– प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने
– आन्तरिक राजश्वलाई आम्दानीको मूख्य श्रोत बनाइने ।
– स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने स्थापना गरिने ।
याे पनि पढ्नुस राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति समवेदना
– वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुआती पुँजी उपलब्ध गराउने ।
– स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने ।
– देशलाई कोरोनामुक्त बनाउनु पहिलो प्राथमिकता ।
– केन्द्रमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाइने ।
– देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा सुचारु गरिने ।
– आगामी आर्थिक वर्षमा ‘साक्षर घोषणा गरिने’ बताइएको छ ।
याे पनि पढ्नुस आजदेखि भ्रमण वर्ष २०२० शुरू, प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने
– संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने ।
– फजुल खर्च रोक्ने, आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने ।
– १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा ।
– आगामी वर्षभित्र सबैको स्वास्थय बिमा गरिने ।
– वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने ।
– ४० वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक अल्बुमिन तथा ग्लुकोज निःशुल्क जाँच हुने ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.