web analytics

नेपाल भारत सीमामा काँडेतार लगाऔं – सांसद इन्दु कडरिया

काठमाडौँ — राष्ट्रियसभा बैठकको शून्य समयमा कञ्चनपुरबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुभएकी सांसद इन्दु कडरियाले सीमा अतिक्रमणको बिषयलाई जोडदार प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने बताउनुभयो । शुन्य समयमा बोलेका अन्य सांसदहरुले समेत सीमा समस्याका बिषयमा आवाज उठाए । सीमा क्षेत्रमा रहेका नागरिक भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।

सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताउनुभयो । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उहाँले बताउनुभयो । ‘कुन दिन हाम्रो आँगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरेर काँडेतार र पर्खाल लगाउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु,’ सांसद कडरियाले भन्नुभयो । सांसद कडरियाले बोल्दाबोल्दै माइक काटिएको थियो ।

COVID-19 Post ADS

हेर्नुस् भिडियोमा …..

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफूलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आरोप लगाइन् । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उहाँले माग गर्नुभयो। सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको भन्दै सीमा क्षेत्रमा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रबन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.