web analytics

बेलौरी नगरपालिकाद्वारा कार्य सहजताका लागि सशस्त्र प्रहरीलाई सामाग्री प्रदान

कञ्चनपुर, २२ बैशाख ।

सीमा क्षेत्रमा गस्ती गरीरहेको सशस्त्र प्रहरीलाई कार्य सहजताका लागि बेलौरी नगरपालिकाले विभिन्न सामान प्रदान गरेको छ ।
आईतवार प्रदान गरीएका सामानहरुमा सोलार १० थान, टर्चलाईट २० थान, फिल्टर ८ थान, जस्तापाता ४ बण्डल, टेण्ट ५ थान, स्टेण्ड फ्यान ५ थान लगायतका सामानहरु रहेका छ्न ।
आइतबार एक कार्यक्रमका विच सशस्त्र प्रहरी नायब उपरीक्षक गंगादत्त पन्तलाई बेलौरीका मेयर पोतिलाल चौधरीले सो सामानहरु हस्तान्तरण गर्नुभएको हो।
सुरक्षा क्षेत्रलाई निकै महत्त्व दिईरहेको बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई ८ थान साईकल समेत प्रदान गरीसकेको छ ।
सामान हस्तान्तरण पछि नगरप्रमुख पोतिलाल चौधरीले सिमा क्षेत्रमा दिनरात नभनी खटिने सुरक्षाकर्मिलाई आफ्नो नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा मेयर चौधरीले बेलौरीमा तीन स्थायी सशस्त्र प्रहरीका सुरक्षा क्याम्प २, ८ र १० नम्बर वडामा बिओपी र सशस्त्र प्रहरी नायब उपरीक्षकको दरबन्दीको माग गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति बीरसिह साहुले सशस्त्र प्रहरीको कामको मुल्याङ्गन गरी सामान प्रदान गरेकोमा बेलौरी नगरपालिकालाई धन्यवाद दिनुभयो ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.