web analytics

भारतमा कोरानाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, एक दिनमै ८३ जनाको मृत्यु ।

२१ वैशाख ।

बिश्वब्यापी रुपमा फैलिएको कोराना भाईरसको महामारीका कारण भारतमा संक्रमित व्यक्तिको संख्याका साथ साथै ज्यान गुमाउनेहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ हजार ६४४ जना संक्रमित भेटिएका छन् भने ८३ जनाले ज्यान गुमाएका छन ।

COVID-19 Post ADS

पछिल्लोपटक भारतमा पूरा राज्यमा लकडाउन गरेर कडाई गरिएता पनि संक्रमित हुने संख्या रोकिएको छैन । भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सँगै भारतमा कुल कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् भने कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

तर भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा भने हालसम्म ४९९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

अमेरिका पछि भारतमा कोरानाको केन्द बिन्दु बन्नेमा चौतर्फी चिन्ता व्यक्त गरिदै आईएको छ । तर भारत सरकारले त्यसो हुनबाट रोक्न सम्पुर्ण ताकत लगाई रहेकोछ ।

रोकथाम कै लागि भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.