web analytics

कोरोना संक्रमित सुदूरका दस जना अस्पतालबाट डिस्चार्ज

 धनगढी : भारतमा रहेका सुदूरपश्चिमका १० जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। एक बालकको भने अस्पतालमा उपचार भईरहेको छ। अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङंको चैनपुरी घर भई भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परीवाकार तीन जना सदस्यमा कोरोना पुष्टि भएकोमा १० जना अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् भने उनका छोराको अहिले उपचार भईरहेको छ। अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवार पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको छ। खड्कासंगै उनका परिवारका आठै जना सदस्य कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जानकारी फेसवुकबाट खड्काले दिएका छन्।

COVID-19 Post ADS

उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा संक्रमण देखिएको थियो। खड्काले भारतको मुम्बईलगायत विभिन्न सहरहरूमा ८४ पटक नेपालका गायक–गायिकादेखि नायक–नायिकासम्म लगेर कार्यक्रम सञ्चालन गरेका थिए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.