web analytics

बेलौरी नगरपालिकाकाे विपद् व्यवस्थापन काेषलाई जबदिया कृषि बहुद्देश्यीय सहकारी संस्थाद्वारा सहयोग

कञ्चनपुर, १२ बैशाख ।
कोरोना भाइरस रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाद्वारा स्थापना गरिएको विपद व्यवस्थापन कोषमा सहयोगको क्रम जारी छ ।
शुक्रबार गोकुलपुर स्थित जबदिया कृषि बहुद्देश्यीय सहकारी संस्थाले रु ४१०००।- एकचालीस हजार सहयोग गरेको छ । संस्थाका अध्यक्ष जानकि राना, व्यवस्थापक रमा नेपाली र सल्लाहकार बसन्त नेपालीले संयुक्त रुपमा सो रकमको चेक नगर प्रमुख पोतिलाल चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.