लकडाउन भएपनि कृषकको उत्पादन विक्री हुने

कञ्चनपुर, १० बैसाख ।
लकडाउन कायम रहेपनी अब किसानहरुको उत्पादन बजारमा जाने भएको छ । आज पुनर्वास नगरपालिकामा वैठक बसी यो निर्णय भएको हो ।

यसको लागि पुनर्वास नगरपालिका भित्र रहेका गल्ला खरिदकर्ताहरुले आफ्नो गल्ला खरिद बिक्री केन्द्र तथा व्यवसाय पुनर्वास नगरपालिकामा नियमानुसार सुचिकृत गराई आफ्नो गोदाममा भण्डारण गरेका गहुँ दैनिक १ गाडी विक्रीका लागी धनगढी लैजान पाउने र धनगढीबाट फर्किने बेला अत्यावश्यक खाद्यान्न सामग्री ल्याउन पाइने भएको छ ।
त्यसैगरी नगरपालिका क्षेत्रका सहकारीहरुले धनगढीस्थित साल्ट ट्रेडिङबाट किटनाशक औषधि, रासायनिक मल लगायतका सामाग्री ल्याई विक्री गर्न समेत आजको बैठकले बाटो खुला गरीदिएको छ ।
जुन कार्य सामाजिक दुरि कायम गरि बिहान ५:०० बजे देखि ७:०० बजे भित्र गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
नगरपालिका भित्रका किसानहरुको खेतीपातीको समयलाई मध्यनजर गरि किट्नासक तथा रासायनिक मल खरिद तथा बिक्रीवितरण गर्न अनुमति प्राप्त पुनर्वास नगरपालिका भित्रका सहकारीहरुले धनगढी स्थित साल्ट ट्रेडिङ सेन्टरबाट ल्याएर पुनर्वास भरिएका किसानहरुलाइ आवश्यकता अनुसार मल बिक्रीवितरण गर्न पाइने र सहकारीको नामबाट खरिद गरि ल्याएको मल कुनै व्यक्तिले बिक्रीवितरण गरि कालोबजारी गरेको पाइएमा तुरुन्त कार्वाही हुने समेत आजको बैठकले निर्णय गरेको छ ।
त्यसैगरी आज पुनर्वास नगरपालिकाले एक प्रेस विज्ञप्ति निकाली राहत वितरण सन्दर्भमा अनावश्यक झुठा हल्ला चलाएर जनतालाई दिगभ्रमित पार्ने र जनप्रतिनिधिहरुलाई बदनाम गर्ने कार्य भएकोमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरप्रमुख जीवनराज थापाद्वारा हस्ताक्षरीत सो विज्ञप्तिमा
जनप्रतिनिधिहरुलाई झुठा आरोप लगाई राहत वितरणमा अवरोध सिर्जना गर्नेहरुलाई कानूनी कार्वाही गरीने जनाएको छ ।
गत आईतवार राहत वितरणमा भ्रष्टाचार गरेको, कुहिएको चामल दिएको जस्ता झुठा आरोप लगाई पुनर्वास ४ का वडाध्यक्ष प्रेम बहादुर बस्नेतको घर घेराउ र आक्रमणको प्रयास भएको थियोे ।
Comments are closed.