web analytics

नेकपा बेलौरीद्वारा बेलौरी नगरपालिकाकाे विपद् व्यवस्थापन काेषलाई एकहत्तर हजार प्रदान

कञ्चनपुर, १० बैशाख ।
कोरोना भाईरसका कारण उत्पन्न अप्ठ्यारोलाई सहज बनाउने हेतुले बेलौरी नगरपालिकाकाे विपद् व्यवस्थापन काेषमा नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगर कमिटीले नगद रु.७१०००/- एकहत्तर हजार प्रदान गरेको छ ।

नेकपा बेलौरीका अध्यक्ष बाबुराम न्याैपाने र सचिव हर्क बहादुर भुलले आज सहयोग रकम बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीलाई हस्तान्तरण गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर विपद व्यवस्थापन कोषलाई रकम हस्तान्तरण गरीएको नेकपा बेलौरीका अध्यक्ष बाबुराम न्यौपानेले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रम पछि मेयर पोतिलाल चौधरीले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.