web analytics

कोरोना रोकथामलाई हालसम्म पौने चार अर्ब निकासा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म ३ अर्ब ८१ करोड रुपैयाँ बजेट निकासा गरेको छ ।त्यसमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद गर्न सबैभन्दा बढी २ अर्ब ३४ करोड रुपैयाँ लगेको अर्थ मन्त्रालयले जनाएको छ।
‘हामीले रक्षा मन्त्रालयलाई स्वास्थ्य सामग्री खरिदका लागि यो रकम निकासा दिएका हौं,’ अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने। रक्षाले यो रकम नेपाली सेनालाई निकासा दिई उसले स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाइसकेको छ। सेनाबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा दिइएको अर्थले बताएको छ।

कसले कति लगे?
सेना – २ अर्ब ३६ करोड
स्वास्थ्य मन्त्रालय – ९५ करोड
कोरोना कोष – ५० करोड

COVID-19 Post ADS

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँसहित ३ अर्ब ८१ करोड रुपैयाँ निकासा गरिसकिएको छ। अर्थबाट निकासा भएको र अन्य सहयोगबाट प्राप्त कोरोना कोषको रकम भने खर्च भएको छैन। नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने निकासा भएअनुसारको बजेट खर्च गरिरहेका छन्।
सेनाले जीटुजी प्रक्रियाबाट चीनबाट २ अर्ब २६ करोड रुपैयाँको स्वास्थ्य सामग्री र औषधि ल्याउने गरी यो रकम भुक्तानी गरिसकेको जनाएको छ। सेनाले आइतबार चीनको सरकारी कम्पनी चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसनसँग ७६ थरी स्वास्थ्य सामग्री र औषधि ल्याउने सम्झौता गरी रकम भुक्तानी दिएको हो। जीटुजी प्रक्रियाअनुसार नै भारतबाट पनि दुई करोड ४० लाख रुपैयाँ बराबरका ५३ थरी औषधि खरिद गर्न लागिएको हो।
यस आधारमा अर्थबाट निकासा भएको रकममध्ये सेनाले अझै ७ करोड ३४ लाख रुपैयाँ बाँकी हुन आउँछ। ‘रक्षाले मागेअनुसार सबै रकम निकासा दिइएको हो,’ अर्थका प्रवक्ता खत्रीले भने। हालसम्म निकासा भएको रकममध्ये कोरोना कोषको प्रयोग भएको छैन। कोषमा विभिन्न व्यक्ति तथा संघसस्थाले बुधबारसम्म २ अर्ब १२ करोड १० लाख रुपैयाँ जम्मा गरिसकेका छन्।
यसबाहेक सरकारले ५० करोड रुपैयाँ पनि कोषमा राख्ने निर्णय गरिसकेको छ। यो कोषमा रकम संकलन, प्रयोग तथा निकासाका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा एक समिति बनाइएको छ। गत चैत १६ कोष सञ्चालन निर्देशिका २०७६ जारी गरी यससम्बन्धी बृहत् व्यवस्था गरिएको छ। कोषमा कुनकुन निकाय तथा व्यक्तिबाट रकम लिने?, कुनकुन क्षेत्रमा खर्च गर्ने?, कसरी गर्नेलगायत व्यवस्था छन्। कोषमा विशेषगरी अर्थ मन्त्रालय र योजना आयोगका उपाध्यक्षको भूमिका बढी छ। अब कोषको रकम प्रयोग गरिने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए।
‘हालसम्म यो कोषको बजेट निकासा भएको छैन। माग पनि आएको छैन,’ उनले भने, ‘ठुल्ठूलो रकम अर्थ मन्त्रालयले सोझै आफ्नो खाताबाट निकासा दिइरहेको छ।’ कोषको रकम माग गर्दा अर्थ मन्त्रालयमार्फत आउनुपर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको उनको भनाइ छ। ‘हामीले यो कोषको बजेट प्रयोग गर्न माग हुने निवेदन सोझै लिँदैनौ,’ उनले भने, ‘कोषको रकम माग गर्नेले अर्थ मन्त्रालयमा निवेदन पेस गर्नुपर्ने र उसले अध्ययन गरेर हामीलाई पठाउने हो।’ त्यसरी आएको रकम मात्रै निकासा दिने उनले बताए। ‘माग संकलन गर्ने भन्ने निर्णय पनि भएको छ,’ कँडेलले भने, ‘केही दिनमा माग आउला।’
कान्तिपुरबाट

Facebook Comments
Down to post ads-480-38

Comments are closed.