web analytics

पुनर्वासका युवा व्यवसायी दाउत तामाङद्वारा लालझाडी विपद व्यवस्थापन कोषलाई सहयोग

कञ्चनपुर, २९ चैत्र ।
लालझाडी गाँऊपालिकाको विपद व्यवस्थापन कोषमा पुनर्वासका युवा व्यवसायी दाउत तामाङले खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । तामाङले शुक्रबार पन्ध्र हजार बराबरको खाद्य सामाग्री लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक र प्रशासकिय अधिकृत शेरबहादुर बुढालाई
हस्तान्तरण गर्नुभएको हो ।
व्यवसायका साथै समाजसेवामा पनि संलग्न तामाङ अरनिको युवा क्लब, अरनिको बस्तीका अध्यक्ष समेत हुनुहुन्छ ।
लकडाउनबाट प्रभावित अति विपन्न समुदायका लागि लालझाडीमा व्यक्ति तथा संस्थाहरुको नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी गराउनुभयो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सहयोगी दाउत तामाङलाई धन्यवाद दिनुहुँदै दयालु मनहरुलाई सहयोग गर्न र कोरोना विरुद्धको लडाइँमा साथ दिन अनुरोध गर्नुभयो ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.