web analytics

वेदकोटमा विपन्‍न परिवारलाई घरमै पुगेर खाद्यान्‍न वितरण

कञ्चनपुर। वेदकोट नगरपालिकाले विपन्न परिवारका घर–घरमै पुगेर खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गर्ने, विपन्न ,अशक्त, असाहय परिवारलाई खाद्यान्न वितरण गर्ने नगरपालिकाको निर्णयअनुसार वडा वडामा राहत वितरण गरिएको हो ।
वडाध्यक्ष नरेश सिंहलगायतको टोलीले मुक्तकमैया बस्तीमा पुगेर ५० परिवारलाई खाद्यान्न सहयोग गरेको हो । विपतको बेलामा थोरै भए पनि विपन्न परिवारलाई सहयोग गरेको अध्यक्ष सिहंले बताए ।
प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, नुन २ किलो, साबुन र मास्क वितरण गरिएको हो ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.