web analytics

कोरोना संक्रमण रोक्न दिनरात नभनी खट्न तयार छौ -मेयर चौधरी

लाल बहादुर एस के

 बेलौरी ।
बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले कोरोना संक्रमणलाई रोक्न आफ्नो र आफ्नो नगरपालिकाको टिम दिनरात नभनी खटन तयार भएको बताउनुभएको छ । मेयर चौधरीले टेलीफोनमा विशेष कुरानी गर्दै बताइनु भएको  हो ।

COVID-19 Post ADS

लकडाउनका कारण ज्याला मजदुरी गरेर खाने श्रमिकवर्ग धेरै मारमा परेको कारण उनीहरूको लागी राहत ल्याउन लागेको बताउनुभयो । आफू र आफ्नो टिम नगर भित्रका जनताको अवस्था के कस्तो छ भन्दै गाउँगाउ टोलटोलमा पुगेर उनीहरुको अवस्थामा बुझ्न र उनीहरूको समस्या समाधानका लागि आफू लागीरहेको बताउनुभएको छ । कोरोनाको उच्च जोखिमयुक्त अवस्थामा आफ्नो पर्वाह नगरी जनताको सेवा रातदिन नभनी खट्नु हुने नगर प्रमुख चौधरीकै कारण नगरपालिका यसको रोकथामको गर्ने आवस्थामा पुगेको स्थानीयबासीहरुले बताएका छ्न ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले आकस्मिक बैठक आयोजना गरेर समयमै उत्कृष्ट निर्णयहरु गरेकै कारणले आज धेरैहद सम्म सुरक्षित ल्याण्डिङ तर्फ गैरहेको नगर प्रवक्ता बिनोद नेपालीले बताउनुभयो ।

प्रवक्ता नेपालीले यस महामारीसंग लडन ठूलो आत्मबलको आवश्यकता भएकाले नगरपालिकाले सबैकुराहरुलाई मध्यनजर गर्दै नगरपालिका क्षेत्रमा कोरोनाको संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप तलबको १००% नै भत्ता दिने निर्णय गरेको बताउनुभयो । त्यसरी नै सम्भावित जोखिमलाई पुर्वानुमान गर्दै नगरपालिकाले १ करोड बराबरको विपत कोष खडा गरेको , बेलौरी नगरपालिका द्वारा विभिन्न बिरामीहरु लाई एम्बुलेन्स सेवा ५०% छुटमा उपलब्ध गराउने निर्णय गरेको तथा कोरोना संक्रमण देखिएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जस्ता लोकप्रिय निर्णय गरेको छ। प्रवक्ता नेपालीले नगरपालिका को विभिन्न स्थानमा क्वारेन्टाइनको स्थापना गरि MBBS डाक्टर समेत नगरपालिकाले व्यवस्था गरेको बताउनुभयो । अहिले निर्माण गरिएको क्वारेन्टाइनमा ८ जनालाई सबै सुविधा सहित विशेष निगरानीमा राखिएको पनि उहाँले जानकारी गराउनुभयो ।

नगरप्रमुख पोतिलाल चौधरीले आफुले पलपलमा नगरवासीहरुको अपडेट लिएको बताउनुहुँदै चौधरीले कुनैपनि कसर बाकी नराख्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको छ । “मैले घर फर्कन चाहने सबै नगरवासीलाई सुरक्षित घर फर्काउने व्यवस्था गरेको छु । हिजो मात्रै महाकालीमा गिट्टी कुट्ने, बालुवा ढुङा ओसारपसार गर्ने ३२ जना मजदुरहरुलाई नगरपालिकाले उद्दार गरेको छ । ” उहाँले बताउनुभयो । उद्धार गरिनेमा ३ जना कृष्णपुर नगरपालिका, ३ जना बेलडाडी गाउँपालिका र १ जना पुनर्वास नगरपालिकाको भएको पनि उहाँले जानकारी गराउनुभयो । त्यसरी नै उहाँले परशुराम नगरपालिकाको लिपनाबाट तीन जना र उपचारको सिलसिलामा काठमाडौ गएर त्यही अड्किएका तीन जनालाई पनि नगरपालिकाले उद्धार गरेको जानकारी गराउनुभयो ।

यो पनि पढनुहोस

त्यसरी नै आज मात्र बेलौरी नगरपालिकाले क्वारेन्टाइन क्षेत्र र बजार क्षेत्रमामा किट्नासक औषधि छर्केको छ। महामारी फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइन बनाएको क्षेत्र र जोखिम युक्त बजार क्षेत्रमा आज किट्नासक औषधि छर्किएको हो ।

यसरी बेलौरी नगरपालिकाले समयमा नै सहि निर्णय लिदै कोराना भाईरसको रोकथामका लागि युद्धस्तरमा कार्य गर्दै आएको छ । बेलौरी नगरपालिकाले गरेको युद्दस्तरको कामलाई सरोकारवाला निकायहरुले समेत सह्राना गरेका छन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.