web analytics

श्री परोपकार युवा क्लबद्वारा कोरोना विरुद्ध विभिन्न कार्यक्रम गर्दै

कञ्चनपुर, १७ चैत ।

पुनर्वास नगपालिका वडा न.९ बिचफाँटाको श्री परोपकार युवा क्लबले

COVID-19 Post ADS

कोरोना भाईरस संक्रमण रोक्न सचेतना कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरीरहेको छ ।

क्लबका सदस्यहरु र स्थानीयवासीको सक्रियतामा विश्वमै सन्त्रासका रुपमा फैलिरहेको नोभल कोरोना भाइरस COVID-19 को विरुद्ध चैत ९ गते देखि आजको दिनसम्म अथक रुपमा लागीरहेका छ्न । कोरोना संक्रमण रोक्न आफ्नो ज्यानको समेत पर्वाह नगरी युवाहरू दिनरात नभनी खटिरहेका छ्न ।

क्लबले स्थानीयवासीलाई कोरोना संक्रमणबाट बच्न मास्क लगाउन र साबुन पानीले बेला बेलामा हात धुन अनुरोध गर्नुका साथै नेपालीलाई भारत र भारतीयलाई नेपालमा प्रवेशमा पूर्ण रुपमा रोक लगाएका छ्न ।

त्यसैगरी भारतबाट आउने र आइसकेका नेपालीलाई परिक्षणका लागि कैलाली त्रीनगर भन्सार र परासन स्वास्थ चौकीमा परिक्षणका लागि पठाउने कार्य गरिरहेका छ्न ।

क्ल्बकै पहलमा लकडाउन सुरुभएको समय देखि हालसम्म कसैलाइ पनि बिना काम घर बाहिर ननिस्किनका लागि अनुरोध गर्नुका सथै निस्किसकेका लाई सम्झाइ बुझाइ पुन गल्ती नदोहोर्‍याउन घरघरमा पुगी अनुरोध गरीरहेका छ्न । लकडाउनको अवज्ञा गर्नेलाइ खड्डा कन्कड प्रहरी चौकिका साथमा मिलेर आउने दिनमा नगर्ने सर्तमा सम्झाइ बुझाइ गरि घरभित्रै बस्न उत्प्रेरित गरीरहेका छ्न ।

आफुहरु ज्यानको समेत पर्वाह नगरी कोरोना विरुद्धको अभियानमा लागीरहेकाले अन्य व्यक्ति तथा संस्थालाई पनि यस पवित्र कार्यमा सहयोग गर्न संस्थाका सचिव ईश्वर बुढाले अनुरोध गर्नुभयो ।

क्लबका पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ ।

अध्यक्ष चन्द्रसिंह बोगटी

उपाध्यक्ष नवराज बुढा

सचिव ईश्वर बुढा

सह – सचिव सुरेश बुढा

सदस्य मदन ब.जि.सि

सदस्य चन्द्र बुढा

सदस्य बिक्रम बुढा

सदस्य दिल्ली सिँह धामी

सदस्य नवराज बुढा

सदस्य मोहन बुढा

सदस्य महेन्द्र साँउद

सदस्य राम ब. खड्का

सदस्य धर्मराज जैशी

सदस्य मदन बोहरा

सदस्य दिपेस बुढा

Facebook Comments
Down to post ads-480-38

Comments are closed.