सुदुरपश्चिम प्रदेशमा बर्षातका कारण ईट्टा व्यवसायीलाई करोडौंको क्षति

कञ्चनपुर, ९ फागुन ।
सुदुरपश्चिममा बर्षातका कारण ईट्टा व्यवसायीलाई करोडौंको क्षति पुगेको छ । शुक्रबार रातिदेखि सुरु भएको बर्षातले लाखौं काँचो ईट्टा गलेर नष्ट भएको हो । कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा रहेका १५ वटा ईट्टा भट्टामा मात्रै यो शुकवारको बर्षातले करिब एक करोड रुपैया भन्दा माथीको ईट्टा गलेर नष्ट भएको पुनर्वास ईट्टा व्यवसायी संघ तथा पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण तामाङले जानकारी दिनुभयो ।
गत मङ्सिर २८ गतेदेखि बर्षातका कारण तयार हुनै लागेका काँचा इट्टापूर्ण रुपमा नष्ट भएपछि सुदूरपश्चिममा इट्टाको अभाव भईरहेको अवस्थामा शुक्रवारको बर्षाले फेरी उद्योगमा ठूलो क्षती पुगेको सुदुरपश्चिम ईट्टा व्यवसायी संघका अध्यक्ष विरवल विश्वकर्माले वताउनुभयो ।
कञ्चनपुरमा मात्रै ४० सहित सम्पूर्ण सुदुरपश्चिम प्रदेशमा रहेका झण्डै ९० इट्टा उद्योगबाट वार्षिक ४० करोडको संख्यामा इट्टा उत्पादन हुँदै आइरहेकोमा यस बर्ष बर्षातका कारण उत्पादनमा समस्या हुनुका साथै ईट्टा व्यवसायीलाई ठूलो घाटा पुगेको भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।


Comments are closed.