web analytics

पुनर्वासमा दोश्रो नगरस्तरीय एवम् नवौं पुनर्वास प्याब्सन फेस्टिवल सुरु

कञ्चनपुर, ६ फागुन ।
पुनर्वास आईबिआरडीको खुलामञ्चमा आज मङ्गलबारबाट दोश्रो नगरस्तरीय एवम् नवौं पुनर्वास प्याब्सन फेस्टिवल सुरु भएको छ । आज एक कार्यक्रम बिच मेयर जीवनराज थापाले सो फेस्टिवलको उदघाटन गर्नुभयो ।
पुनर्वास प्याब्सन अध्यक्ष बालकृष्ण ढकालको सभापतित्व, पुनर्वासका मेयर जीवनराज थापाको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिको आसनमा प्याब्सन सुदुरपश्चिम प्रदेश सल्लाहकार संयोजक विश्वनाथ बिष्ट हुनुहुथ्यो । अतिथिको आसनमा पुनर्वास ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, पुनर्वास शिक्षा समितिका सदस्य विष्णुभक्त पौडेल र पदम बहादुर थापा लगायतका व्यक्तिहरुको उपस्थिति थियोे ।
पुनर्वास प्याब्सन उपाध्यक्ष गीरीराज पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई फेस्टिवल उपसमिति संयोजक हेम बहादुर थापाले सञ्चालन गर्नुभएको थियोे ।
प्रमुख अतिथि आसनबाट बोल्नुहुँदै पुनर्वास मेयर जीवनराज थापाले शिक्षाको गुणस्तर राम्रो बनाउन निजि विद्यालयको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्ने बताउनुहुँदै निजि विद्यालय नहुने हो भने सामुदायिक विद्यालयले विद्यार्थीको चाप धान्न नसक्ने बताउनुभयो ।

पुनर्वास प्याब्सन अध्यक्ष बालकृष्ण ढकाल
COVID-19 Post ADS

सभापतिको आसनबाट बोल्नुहुँदै पुनर्वास प्याब्सन अध्यक्ष तथा बालरुपान्तर बोर्डिङ स्कूलका संस्थापक बालकृष्ण ढकालले प्याब्सन फेस्टिवल नवौं पटकपनि पुरानै ढर्रामा गर्दा कार्यक्रम चाखलाग्दो नभएकाले आगामी वर्षबाट प्रदर्शन गर्न लायक बनाउने र स्टलहरुसमेत राखी सभ्य र भव्य रुपमा कार्यक्रम गरीने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले निजि विद्यालयलाई सरकारले गरेको सौतेनी व्यवहार प्रती आपत्ति जनाएका थिए ।
उदघाटन कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।जसमा खप्तड बोर्डिङ स्कूल, टाउनका छात्र सुजल पौडेल प्रथम, बालरुपान्तर बोर्डिङ स्कुल,पुनर्वास ४ का छात्र विनय ढकाल द्वितीय, दुर्गा सेकेण्डरी स्कूल,पुनर्वास १० की छात्रा नर्मदा तिमल्सेनाले तृतीय स्थान प्राप्त गरेका थिए । त्यसैगरि भानु मेमोरियल बोर्डिङ स्कूल, पुनर्वास ६ कि छात्रा दिप्ती खडायत र सिद्धार्थ पब्लिक स्कूल पुनर्वास ६ का छात्र स्टिभ तामाङले सान्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमको दौरानमा विभिन्न विद्यालयका विद्यार्थीहरुले रमाइला नृत्यहरु प्रदर्शन गरेका थिए ।
आगामी तीन दिन सम्म चल्ने फेस्टिभलमा पुनर्वासका सोह्रवटा विद्यालयहरुको सहभागीता रहने र रिले दौड,भलिबल, क्विज र स्पेलिङ लगायतका खेलहरु खेलाईने फेस्टिवल उपसमिति संयोजक हेम बहादुर थापाले हाम्रै साझा पत्रिकालाई जानकारी दिनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.