web analytics

पुनर्वासमा सञ्चालित प्रथम मेयर कप फूटबल प्रतियोगिता सम्पन्न

पुनर्वासलाई ५-२ ले हराउँदै धनगढी नगरपालिका प्रतियोगिताको विजेता बन्न सफल

कञ्चनपुर, ३ फागुन ।
पुनर्वास ६५ विगाहमा गत माघ २५ गतेदेखि सञ्चालन भईरहेको प्रथम मेयर कप पुरुष फूटबल प्रतियोगिता-२०७६ सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को उपाधि धनगढीले हात जित्न सफल भएको छ । शनिबार भएको अन्तिम खेलमा आयोजक पुनर्वास निलोलाई २ का विरूद्ध ५ गोल अन्तरले पराजित गर्दै धनगढी प्रथम भएको हो ।
विजेता टिम धनगढीले नगद पुरस्कार तीन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पुनर्वास(नीलो)ले नगद पुरस्कार दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, बेस्ट प्लेयरका रूपमा दश हजार र अन्तिम खेलमा म्यान अफ दि म्याचका रूपमा दुई हजार गरि जम्मा बाह्र हजार नगद सहित धनगढीका विवेक सञ्जेललाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा बेस्ट स्कोरर बेलौरीका दिपेन्द्र शाहीलाई सात हजार नगद प्रदान गरिएको छ । त्यसैगरी बेस्ट किपर धनगढीका पारस खड्का, राइजिङ प्लेयर पुनर्वासका सुदीप तामाङ र बेस्ट डिफेन्सर पुनर्वासकै साहिल तामाङलाई जनही पाँच हजारका दरले पुरस्कृत गरिएको छ ।
आज एक भव्य कार्यक्रम बिच पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाको सभापतित्व, सुदुरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको आसनमा पूर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा, जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ, धनगढी नगरपालिकाका प्रमुख नृप वड हुनुहुन्थ्यो ।
त्यसैगरि अतिथिको आसनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जननिर्वाचित व्यक्तिहरु, प्रायोजक संस्थाका व्यक्तिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति थियोे ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै सुदुरपश्चिम विकास मन्त्री कृष्णराज सुवेदीले खेलकुदको माध्यमबाट व्यक्तिको आत्म-अनुशासन विकास र स्वास्थ्य अवस्था ठिक हुनाका साथै समाजको सकारात्मक रुपान्तरण हुने भएकाले सुदुरपश्चिम सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
सभापतिको आसनबाट बोल्नुहुँदै नगरप्रमुख जीवनराज थापाले खेल खेल्दा खेलाडीले जीत भन्दा पनि अनुशासनमा ध्यान दिनुपर्ने बताउनुँदै जीतले भन्दा पनि हारबाट धेरै पाठ सिक्न सकिने जिकिर गर्नुभयो ।
त्यस अवसरमा पुनर्वास नगर खेलकुद विकास समितिको तर्फबाट कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरु, प्रायोजक तथा सह-प्रायोजकहरु, खेल सञ्चालन गर्न सहयोग पुरयाउने विभिन्न व्यक्तिहरुलाई मायाको चिनो,प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र बर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका थिए । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियोे ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.