web analytics

मालिका आधारभुत विद्यालयको ३६ औ बार्षिक उत्सव सम्पन्न ( फोटोफिचर सहित)

नगर शिक्षा ऎन लागु भएपछि शिक्षा क्षेत्रले फड्को मार्ने छ- नगर प्रमुख थापा

माघ २६, पुनर्वास

पुनर्वास नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री मालिका आधारभुत विद्यालयको ३६ औ बार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध सास्कृतिक कार्यक्रमका साथ मनाईएको छ।

COVID-19 Post ADS

नगर प्रमुख जीवनराज थापा

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल बहादुर साँउदको सभापतित्वमा तथा नगर प्रमुख जीवनराज थापाको प्रमुख आथित्यतामा भएको बार्षिक उत्सव कार्यक्रममा बिशिस्ट अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष प्रताप चन्द, नगर प्रबक्ता भारमल सुनार तथा शिक्षा समिती सदस्य तथा जनकल्याण मा.बि. आई.बि.आर.डि का प्रअ रामनारायण कडेल हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न बिद्यालयका प्रअ , समाजसेवी , शिक्षाप्रेमी , बुद्धिजीवी तथा जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि तथा नगर प्रमुख जीवनराज थापाले चेतनाको जननी शिक्षा भएको र बिकासको जननी पनि शिक्षा भएकाले गुणस्तरीय शिक्षामा कसैले पनि सम्झौता गर्न नहुने बताउनु भयो । अशिक्षा कै कारण विभिन्न कुरितीले निरन्तरता पाउने भन्दै उहाँले सुदुरपश्चिममा बिकास नहुनु को पहिलो कारण शिक्षा कै कमि भएको औल्याउनु भयो। अशिक्षा कै एक उदाहरण छाउअपडी प्रथा भएको बताउदै त्यसैका कारण अर्को प्रदेशमा जाँदा सुदुरपश्चिम् बासिले शिर झुकाउनु परेको र विभिन्न संघ संस्थाले त्यसैलाई मागी खाने बाटो बनाएर झनै बेजेईत गरेको जिकिर गर्दै यसको उन्मुलनको लागि सबैले हातेमालो गर्नु पर्ने धारण राख्न भयो । सरकारी विद्यालयको शिक्षालाई प्रभाकारी तथा गुणस्तरीय बनाउन नगरपालिकाले ई- हाजिरी, प्रअ बैठक , अनुगमन जस्ता विभिन्न कदम चालेकाले सरकारी विद्यालयको शिक्षा सबैभन्दा गुणस्तरीय हुनेमा शंका नगर्न पनि अनुरोध गर्नु भयो।

उहाँले नगरपालिकाले नगर शिक्षा ऎन तयार गरिरहेकाले ऎन लागु भएपछि शिक्षा क्षेत्रले फड्को मार्ने कुरामा बिश्वस्त हुन सबैलाई अनुरोध गर्नुभयो ।

 

मालिका आधारभुत बिद्यालय ३६ बर्षको ईतिहास बोकेको स्मरण गराउदै नगर प्रमुख थापाले सबैले यसको निरन्तरताको लागि सहयोग गर्नु पर्ने र आवश्यक बिद्यार्थी संख्या भर्ना अभियानमा लाग्न प्रोत्साहन गर्दै अन्यथा अर्को विद्यालय संग मर्ज गर्नुको बिकल्प नभएको पनि जिकिर गर्नु भयो। विद्यालयमा भएको राजनीति र गलत कदमले मालिका विद्यालयलाई कमजोर पारेको तर्क गर्दै यसको सुधार र बिकासका लागि नगरपालिकाले हरेक तवर बाट सहयोग गर्ने पनि वचन दिनुभएको छ।

त्यस्तै आफ्ना भनाई राख्दै बिशिस्ट अतिथि तथा वडा अध्यक्ष प्रताप चन्दले बेलैमा सबैले सहयोग गरेर विद्यालयलाई माथी उठाउनुको विकल्प नरहेकाले त्यसको लागि आफुले अभिभावकको भुमिका खेल्ने बताउनु भयो।

उता आफ्ना भनाई राख्दै नगर प्रबक्ता भारमल सुनारले बिद्यालयको बिकास एकजुट हुन सबैलाई प्रोत्साहित गर्दै आफ्नो तर्फबाट हुने हरेक सहयोगको लागि आफू सदैव तयार भएको प्रतिबद्धता जाहेर गर्नु भयो।

कार्यक्रममा उपस्थित सबै वक्ताहरुले राजनीति र खिचातानीले विद्यालयको हविगत यस्तो भएको स्वीकार गर्दै विद्यालयको लामो इतिहासलाई मेट्न नहुने सुझाव दिनुभएको थियो। र पुन विद्यालय बलियो अवस्थामा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।

२६ औ बार्षिक उत्सवको अवसरमा विद्यालयलाई योगदान पुर्याउनुहुने सम्पुर्णलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान पनि गरिएको  थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.