स्थानीय च्वाँचे सुँगुर संरक्षणका लागि सहभागीतात्मक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

–प्रदीप रसाइली
बझाङ, माघ २६
जयपृथ्वी न. पा. ३ बझाङ्गको दमाइ बस्तीमा पुर्खादेखि पालन गर्दै आएको च्वाँचे कालो जातको घरेलु सुँगुर संरक्षणका लागी सहभागिता कार्ययोजना गोष्ठि गत माघ २४ मा सम्पन्न भएको छ ।
पशुसेवा कार्यालय तथा भेटनेरि अस्पताल बझाङ्गका प्रमुख पशुपति नाथको अध्यक्षता र वडाअध्यक्ष कलक बहादुर ओलीको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ चौकि इञ्चार्ज रमेश रोकाया, किसान संघ जिल्ला अध्यक्ष दिपक खडका, दलित महिला सदस्य प्रमिला सुनार, पशु सेवा प्राविधिक ज्ञान बहादुर रोकाया, नेल्टा जिल्ला अध्यक्ष तथा प्राविधिक जय बहादुर खडका, जिल्ला रेडक्रस प्रमुख श्याम बहादुर नेपाली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
गोष्ठीमा सुँगुरपालन व्यवसायीहरु २५ घर परिवारलाइ समुदायीक खोर निर्माण तथा भाले खरिद सम्बन्धि एक दिने कार्ययोजना तालिम दिएको थियो। साथै व्यवसायिक रुपमा सुँगुर पालनलाई व्यवस्थित गर्न र व्यावसायीहरुलाई संगठित गर्नको लागि शारदा नेपालीको अध्यक्षता २५ सदस्यीय कृषक समुह गठन गरेको वडासदस्य धर्मराज रोकायाले बताउनु भयो। उक्त समुहको सचिवमा पुजा नेपाली र कोषाध्यक्षमा लक्ष्मी नेपाली चुनिनु भएको छ।
कार्यक्रममा आफ्ना भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष कलक बहादुर ओलीले गोष्ठीले व्यावसायिक सुँगुर पालनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै अब वडाले व्यावसायिक रुपमा केही गर्न चाहनेलाई वडाले प्रोत्साहन गर्ने र स्वरोजगार सिर्जना गरि नेपालमै केही गर्न प्रेरित गर्ने पनी बताउनु भएको थियो ।

प्रदीप रसाइली हाम्रै साझा पत्रिकाका बझाङ संवाददाता हुन ।
Comments are closed.