ह्याण्डपम्पबाट पानीको सट्टा रगत र हड्डी निस्केपछी..

भारत । एउटा सरकारी ह्याण्डपम्पबाट पानीको सट्टा रगत, मासुको टुक्रा र हड्डी निस्किएको छ। भारतको उत्तर प्रदेश, हमिरपुर गाउँको भएको उक्त घटना पश्चात गाउँलेहरु आश्चर्यमा परेका छन।
हमिरपुरको तहसील, जाखेन्डी गाउँमा १०० घरका लागि सरकारी ह्याण्डपम्पको व्यवस्था छ। तिहार यता उक्त ह्याण्डपम्पबाट पानीको सट्टा रगत, मासुको टुक्रा र हड्डी निस्किन थालेको बताइएको छ।

यो घटनाको जाँच गर्न स्थानीय प्रशासनले आदेश दिएपछि कारण पत्ता लागेको छ।
उपजिलाधिकारीले भनेका छन्, ह्याण्डपम्पमा सर्प वा केही कीरा फसेको हुनसक्छ। कुहिएपछि पानीसँगै बाहिर आएको पाइयो। तर, स्थानीय बासिन्दा भने सरकारी अधिकारीहरुको भनाइको विश्वास मान्न तयार छैनन्।
पर्यावरण विशेषज्ञ जलीज खान भन्छन, ‘यो क्षेत्रमा रहेका कुवा तथा नदी क्षेत्रमा स्थानीय बासिन्दा मरेका जनावर गाड्ने गर्छन्। ह्याण्डपम्पको पानीको स्रोत कुवा वा नदीसँग जोडिएकाले यस्तो घटना भएको हुनसक्छ।’ –एजेन्सी
Comments are closed.