web analytics

सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा देउडा प्रतियोगिता हुने  

कञ्चनपुर,२ माघ ।

सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा दुई दिने देउडा प्रतियोगिता हुने भएको छ । पुनर्वास जनता माध्यमिक विद्यालय, टाउनको खेल मैदानमा आगामी माघ ३ र ४ गते प्रतियोगिता हुन लागेको हो । माघ ३ गते बिहान ११ बजेबाट सुरु हुन लागेको सो प्रतियोगिता सुदुरपश्चिमेलीहरुको उत्तरायण पर्वको उपलक्ष्यमा हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा देउडा गायक नेत्रराज शाही र गायिका केसरी बोहराको उपस्तिथि र प्रस्तुति रहनेछ ।

प्रतियोगितामा सहभागीता र उपस्थितिका लागि सम्पूर्ण देउडाप्रेमी महानुभावहरुलाई आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर रोकायाले अनुरोध गर्नुभएको छ ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.