web analytics

कञ्चनपुरको लालझाडीमा वडास्तरीय खुला फूटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, माघ २

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गत पुस २२ गतेबाट सुरु भएको वडास्तरीय लालझाडी खुला फूटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

लालझाडी वडास्तरीय खेलकुद विकास समितिको आयोजना र कार्मेल युवा क्लब, लालझाडी ३ को सह-आयोजनामा सो प्रतियोगिता भएको थियो ।

आज भएको फाईनल खेलमा आयोजक टिम लालझाडी ३ र बेलौरी ५ बिच भएको थियो । खेल अवधीभरी दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा आयोजक टिम लालझाडी ३ ले पाँच गोलका विरुद्ध छ गोल गरि विजय प्राप्त गरेको थियो ।

प्रथम हुने टिम लालझाडी ३ ले ट्रफी सहित नगद २५ हजार पाँच सय पचास रुपैयाँ र द्वितिय हुने बेलौरी ५ ले ट्रफी सहित १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । फुटबल प्रतियाेगिता नकअाउट सिस्टममा गरिएको थियो ।

समापन समारोह आयोजक समितिका अध्यक्ष रामसाय रानाको सभापतित्व, प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम सचेतक तारालामा तामाङको प्रमुख आथित्यमा भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.