web analytics

नगरभित्रको गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउने जिम्मा नगरपालिकाको हुनेछ – नगरप्रमुख थापा

कञ्चनपुर, माघ १

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले नगरभित्रको गर्भवतीलाई अस्पतालमा पुर्‍याउने र सुत्केरी भएपश्चात अस्पतालबाट घरसम्म ल्याउने जिम्मा नगरपालिकाको भएको बताउनुभएको छ ।

हिजो बलभद्र बस्तीस्थीत कालिका स्वास्थ्य चौकीमा एक कार्यक्रमबिच नगरभित्र कार्यरत महिला स्वयंसेविकाहरुलाई झोला वितरण गर्दै नगरप्रमुख थापाले सो कुरा बताउनुभएको हो ।

गर्भवती महिलाहरुलाई सुत्केरी व्यथा लागेको बेला अचानक अस्पताल लैजाने अवस्था आएमा नगरपालिकाले तुरून्त एम्बुलेन्स उपलब्ध गराउने र सो सेवा निशुल्क हुने नगरप्रमुख थापाले बताउनुभएको छ ।

नगरप्रमुख थापाको घोषणालाई नगरवासीहरुले सकारात्मक रुपमा लिएका छ्न ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.