web analytics

डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका युवक पक्राउ

डडेल्धुरा,माघ १
डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। परशुराम नगरपालिका–५ परिगाँउमा परशुराम मेला भर्न गएका एक दर्शनार्थीको माटसाइकल लुट्न खोज्ने अरुण नायकलाई पक्राउ गरिएको हो।

परशुराम नगरपालिका–१० सालघाडीका शेरबहादुर कुँवरको म२प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
भीमदत्त नगरपालिका–९ कञ्चनपुर घर भएका मोटरसाइकल लुट्न खोज्ने नायकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.