web analytics

बसभित्र महिलाको कपालमा हस्तमैथुन गर्ने व्यक्ति एक वर्ष पछि पक्राउ

काठमाडौ, २९ पुस ।
एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरी त्यो भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।
सार्की थरका युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।
यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।
करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।
अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।
उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.