web analytics

दैनिक_राशिफल वि.सं २०७६ पौष महिनाको २९ गते मंगलवार

वि.सं २०७६ पौष महिनाको २९ गते मंगलवार तदनुसार ई.सं २०२० जनवरी १४ तारिख, श्री सूर्य दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , माघकृष्ण पक्ष चतुर्थी(मंगल चतुर्थी व्रत) मघानक्षत्र दिनमा ११:१७ बजेसम्म त्यसपछि पूर्वफाल्गुनी नक्षत्र, आयुष्मानयोग बिहान ७:२५ बजेसम्म त्यसपछि सौभाग्ययोग/ बव/बाललकरण , सूर्योदय ६:५८ सूर्यास्त ५:२८/५

#शुभलाभादि_समय
बिहान ६:५८ बजेदेखि ८:१६ बजेसम्म #रोगबेला
बिहान ८:१७ बजेदेखि ९:३५बजेसम्म #उद्वेगबेला
बिहान ९:३६ बजेदेखि १०:५३ बजेसम्म #चरबेला
बिहान १०:५४ बजेदेखि १२:१२ बजेसम्म #लाभबेला
बिहान १२:१३ बजेदेखि दि. १:३० बजेसम्म #अमृतबेला
दिनमा १: ३१बजेदेखि २:४९ बजेसम्म #कालबेला
दिनमा २:५० बजेदेखि ४:०७बजेसम्म #शुभबेला
सांझ ४:०८ देखि ५:२७ बजेसम्म #रोगबेला
#अन्य_केही_समयहर
#राहुकाल- ‌दिनमा २:५० देखि ४:०९ बजेसम्म।
#अभिजितमुहुर्त- बिहान १०:२० देखि ११:०८बजेसम्म #यमगंडकाल- दिनमा २:५० देखि ४:०९ बजेसम्म
#गुलिककाल- बिहान १०:५४ देखि १२:१३ बजेसम्म।

COVID-19 Post ADS

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।
यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन। राशिफल जे जस्तो भएपनि आशा र विश्वासको साथमा राम्रो समयको प्रतिक्षा गर्नुहोला ।

सामान्य यात्राको लागि दिशा- आज चन्द्रमा पूर्व दिशामा रहनेछन् सम्मुखे च अर्थलाभाय तथा दक्षिणे सुख सम्पन्न अनुसार चन्द्रमा रहेको दिशामा तथा चन्द्रमालाई दक्षिण(राईट हैंड ) पारेर यात्रा गर्नुपर्दछ ,आज पूर्व दिशा शुभ हुन्छ, मंगलवार को दिनमा उत्तर दिशा शूल हुने भएकाले उत्तरमा राम्रो हुदैन।
अन्य दिशाको लागि अति आवश्यक परेमा राम्रो साईत हेरेर पहिला चन्द्रमाको दिशा हुदै यात्रा गर्ने दिशामा लाग्नुहोला । दोष कम लाग्नेछ।
यात्रा गर्नुअघि जहिले नि आफ्ना इष्टदेव लाई अथवा
मंगलं भगवान् बिष्णु: मंगलं गरुडध्वज:।
मंगलं पुण्डरीकाक्षो मंगलाय तनो हरि:।।
स्मरण गरेर मात्र यात्रा प्रारम्भ गर्नुहोला।
आफ्नो जन्मवार, जन्मनक्षत्र मा यात्रा गर्नुहुदैन, बाबुछोरा,दाजुभाई,नौजना महिला र तीनजना ब्राह्मणले एकसाथ यात्रा गर्नुहुदैन, स्त्रीहरुले विशेष गरेर यात्रा गर्दा सम्मुख अथवा दाहिने शुक्र पार्नु हुदैन ।
पौष २९ गते हराएको व्यक्ति अथवा वस्तु पाइन्छ कि पाइँदैन।
आज बिहान ११:१७ हराएमा पश्चिम दिशामा जान्छ,६४ दिनभित्र फलानो ठाउँमा अथवा फलानो व्यक्तिले लगेको अरे भन्ने मात्र सुनिन्छ सामान पाईदैन त्यसपछी हराएमा उत्तर दिशामा जान्छ न सुनिन्छ नि पाईन्छ।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा कार्यक्षेत्रमा सफलता मिल्नेछ तर आजको दिनमा कार्यक्षेत्रमा महिलाको विश्वासमा छिटै नगर्नुहोला नत्र बन्न लागेको कामपनि फुत्कने छ, , मौनता कायम राख्ने तथा बाहिरी व्यक्तिको कुरामा विश्वास नगरे वैवाहिक जीवन सही दिशामा जानेछ।कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला।
#मेष_राशिको_लागि_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला जप्ने मंत्र ॐ अं अंगारकाय नमः।लगाउने रत्न मूंगा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: १,८
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा तपाईलाई सफलताको लागि अलि बढी परिश्रम गर्न पर्ने‌ समय देखिन्छ, वादविवादबाट जोगिनुहोला ,कामको तनावले पारिवारिक सुखबाट वंचित रहनुपर्नेछ, वैवाहिक जीवनमा केही कमी कमजोरी देखिनेछन् बोलिवचनमा ख्याल गरेर अगाडी बढ्नु होला।
#वृष_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला जप्ने जप्ने मंत्र ॐ शुं शुक्राय नमः -तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: २,७
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा तपाईको समाजमा मान प्रतिष्ठा बढ्ने, नयाँ आम्दानीको श्रोत मिल्नेछ साथै विभिन्न स्थितिमा सोचेका कामहरु पुरा हुने तर्फ जानेछन् ,सरकारी निकायबाट फाईदा मिल्ने संकेत देखिन्छ, राशि मालिकको राम्रो स्थिति भएको कारण भूमि तथा स्वास्थ्य सम्बन्धित लाभ मिल्ने संकेत देखिन्छ।
#मिथुन_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बुं बुधाय नमः मंत्र जप गर्नुहोला। कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: ३,६
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा मान्यवरहरुको संगतिले ज्ञानमा वृद्धि हुनेछ, बौद्धिक क्षेत्रमा पक्ष मजबूत रहनेछ साथै मनले आंटेका कामहरु पुरा हुने तर्फ जानेछन्, सामाजिक जस पाईनेछ।धार्मिक कार्यक्रममा उपस्थित हुने मौका मिल्नेछ,धन धान्य जोड्ने अवसर प्राप्त हुनेछ,गरेको कामबाट जस मिल्नेछ,अध्ययन अध्यापनमा सफलता मिल्नेछ।
#कर्कराशिको_स्थायी_कुराहरु👇
राशि मालिकको दैनिकी रुपमा एक माला ॐ सों सोमाय नमः मंत्र जप गर्नुहोला ।राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: ४
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा आरोग्यता, प्रसन्नता मिल्नेछ, सरकारी तथा राजनीतिक क्षेत्रबाट फाईदाको संकेत देखिन्छ, शिक्षाक्षेत्रमा अलि बढी समय दिनुपर्ने देखिन्छ साथै गरेको कामबाट जस मिल्नेछ।धन सम्पत्तिमा वृद्धि हुनेछ,पराक्रम बढ्नेछ,गरेको कामबाट जस मिल्छ,यदि कुनै नयाँ कामको शुरुवात गर्ने सोचमा हुनुहुन्छ भने राम्रो संग परामर्श लिएर शुरु गर्न सक्नुहुन्छ।
#सिंह_राशिको_स्थायी_कुराहरु👇
राशि स्वामीको दैनिक रुपमा एक माला जप गर्नुहोला। जप्ने मंत्र ॐ घृणि सूर्याय नमः। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: ५
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा तपाईलाई सामाजिक रुपमा केही अपजस आउन सक्ने संभावना देखिएको छ सतर्कता अपनाउनु होला, पारिवारिक सहयोग पाईनेछ तर साथीहरुबाट आजको दिनमा धेरै आशा नराख्नुहोला , चाहिनेभन्दा बढी नबोल्नु होला नत्र बोलिको कारणले काम बिग्रनेछ, नयाँ कामको शुरुवात तथा किनमेल तिर नलागेको नै राम्रो हुनेछ,आवश्यक परे मात्र राम्रो साइतमा यात्रा गर्नुहोला नत्र टाढाको यात्रा नगरेको नै राम्रो हुनेछ।
#कन्या_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: ३,६
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा माता लक्ष्मीको कृपा रहनेछ, शारीरिक तथा मानसिक शांति मिल्नेछ साथै वैवाहिक जीवनमा सुन्दरता आउनेछ, आफन्तजनसंग भेटघाटको अवसर प्राप्त हुनेछ,घरमा कुनै कार्यक्रम हुनसक्छ,जागिर यदि कुनै नयाँ कामको शुरुवात गर्ने सोचमा हुनुहुन्छ ‌भने आजको दिनमा शुभ ,लाभ अथवा अमृत समय कार्यको थालनी गर्नुहोला।
#तुला_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ शुं शुक्राय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: २,७
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा तपाईको समाजमा मान प्रतिष्ठा बढ्ने, नयाँ आम्दानीको श्रोत मिल्नेछ साथै विभिन्न स्थितिमा सोचेका कामहरु पुरा हुने तर्फ जानेछन् ,सरकारी निकायबाट फाईदा मिल्ने संकेत देखिन्छ, राशि मालिकको राम्रो स्थिति भएको कारण भूमि तथा स्वास्थ्य सम्बन्धित लाभ मिल्ने संकेत देखिन्छ।
#वृश्चिक_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ भौमाय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: १,८
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा शारीरिक तथा मानसिक रुपमा मजबूती मिल्नेछ, राशि मालिकको स्थिति राम्रो भएर बोलि वचनबाट फाईदा देखिन्छ साथै गरेको कामबाट जस मिल्नेछ,धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ,भाग्यमा वृद्धि हुनेछ, नयाँ कामको शुरुवात गर्न खोज्नुभएको छ भने परामर्श लिएर महिलाको माध्यमबाट अगाडी बढ्नुहोला।
#धनु_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: ९,१२
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा सफलताको लागि हतार नगरेर आरामले काम लिनुभयो भने आफुलाई फाईदा हुनेछ तर जथाभावी बोलेर काम नबिगार्नुहोला, आर्थिक स्थितिमा केही सुधार आउनेछ तर शिक्षाक्षेत्रमा बढी समय दिनुपर्ने देखिन्छ ,राशि मालिकको स्थिति खराब भएको कारणले सुखको कमी महसुस हुनेछ।
राशि मालिकको दैनिकी एक माला ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: १०,११
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा वैवाहिक जीवनमा राम्रो हुनेछ,दैनिक आयमा वृद्धि हुनेछ, आउनेछ,जागिरमा पदोन्नति हुने संकेत देखिएको साथै आफन्तजन तथा इष्टमित्रको सहयोगले रोकिएको काम पुरा हुने तर्फ जानेछ तर बोलिवचनमा ख्याल गर्नुहोला।समाजमा नाम कमाउने दिन परेको छ,प्रतिष्ठामा वृद्धि हुनेछ।
#कुम्भराशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ सूर्यपुत्राय नमः मंत्रको जप गर्नुहोला। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा माता लक्ष्मीको कृपा रहनेछ, शारीरिक तथा मानसिक शांति मिल्नेछ साथै वैवाहिक जीवनमा सुन्दरता आउनेछ, आफन्तजनसंग भेटघाटको अवसर प्राप्त हुनेछ,घरमा कुनै कार्यक्रम हुनसक्छ,जागिर यदि कुनै नयाँ कामको शुरुवात गर्ने सोचमा हुनुहुन्छ ‌भने आजको दिनमा शुभ ,लाभ अथवा अमृत समय कार्यको थालनी गर्नुहोला।
#मीनराशिको_स्थायी_कुराहरु
राशि मालिकको दैनिकी एक माला ॐ गुरवे नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12,

Facebook Comments
Down to post ads-480-38

Comments are closed.