web analytics

लालझाडीको बैजनाथ बहुभाषिक आधारभुत विद्यालयमा अन्तरसदनात्मक खेलकुद सम्पन्न

कञ्चनपुर, २७ पौष ।
कञ्चनपुरको लालझाडी ४ स्थित बैजनाथ बहुभाषिक आधारभुत विद्यालयले श्री बाबुराम स्मृति अन्तर सदनात्मक खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
आज लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायकले सो खेलकुद प्रतियोगिताको उदघाटन गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण रानाको सभापतित्व, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको आसनमा
शिक्षा शाखाका शाखा अधिकृत वि.नि. सिद्धराज भट्ट, लालझाडी ४ का वडाध्यक्ष बहादुर राना, क्षेत्रीय विद्युत सहकारीका अध्यक्ष किसन नेपाली लगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रममा मन्तव्य राख्दै क्षेत्रीय विद्युत सहकारीका अध्यक्ष किसन नेपालीले पढाई र खेलकुदलाई संगसंगै लिएर जानसके बालबालिकाको चौतर्फी विकास हुन सक्ने बताउनुभयो । त्यसै गरि कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष मदनसेन बडायकले
विद्यालयले खेलकुद र पढाइमा राम्रो गरीरहेकोमा स्कुलका टिमलाई धन्यवाद दिनुभयो । उहाँले आ.ब. २०७६।०७७ मा २ कोठाको भवन निर्माण गर्नका लागि बजेट विनियोजन गरि समझौता भएको समेत जानकारी गराउनुभएको थियो ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.