web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ पौष २६ गते शनिवार

वि.सं २०७६ पौष महिनाको २६ गते शनिवार तदनुसार ई.सं २०२० जनवरी ११ तारिख, श्री सूर्य दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , माघकृष्ण पक्ष प्रतिपदा , पुनर्वसुनक्षत्र दिनमा २:४७ बजेसम्म त्यसपछि पुष्य/तिष्य, वैधृतियोग/ बालव/कौलवकरण , सूर्योदय ६:५८ सूर्यास्त ५:२५ /४

#शुभलाभादि_समय
बिहान ६:५८ बजेदेखि ८:१५ बजेसम्म #कालबेला
बिहान ८:१६ बजेदेखि ९:३३बजेसम्म #शुभबेला
बिहान ९:३४बजेदेखि १०:५१ बजेसम्म #रोगबेला
बिहान १०:५२ बजेदेखि १२:०९ बजेसम्म #उद्वेगबेला
बिहान १२:१० बजेदेखि दि. १:२७बजेसम्म #चरबेला
दिनमा १: २८ बजेदेखि २:४५ बजेसम्म #लाभबेला
दिनमा २:४६ बजेदेखि ४:०३बजेसम्म #अमृतबेला
सांझ ४:०४ देखि ५:२२ बजेसम्म #कालबेला
#अन्य_केही_समयहर
#राहुकाल- ‌बिहान ९:३४ देखि दिन १०:५३ बजेसम्म।
#अभिजितमुहुर्त- बिहान १०:१९ देखि ११:०७ बजेसम्म #यमगंडकाल- दिनमा १२:११ देखि १:२९ बजेसम्म
#गुलिककाल- बिहान ६:५८ देखि ८:१६ बजेसम्म।

COVID-19 Post ADS

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।
#राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला

राशिफल लेखकको YouTube 👇channel ▶️
https://www.youtube.com/channel/UCsNSIsguBaf9M51EUgkUZzg

सामान्य यात्राको लागि दिशा- आज चन्द्रमा बिहान केही समय पश्चिम त्यसपछि उत्तर दिशामा रहनेछन्, सम्मुखे च अर्थलाभाय तथा दक्षिणे सुख सम्पन्न अनुसार चन्द्रमा रहेको दिशामा तथा चन्द्रमालाई दक्षिण(राईट हैंड )पारेर यात्रा गर्नु शुभ हुनेछ आज पश्चिम र उत्तर दिशा यात्राको लागि शुभ हुन्छ । शनिवारको दिनमा पूर्व दिशाको यात्रा गर्नुहुदैन।
अन्य दिशाको लागि अति आवश्यक परेमा राम्रो साईत हेरेर पहिला चन्द्रमाको दिशा हुदै यात्रा गर्ने दिशामा लाग्नुहोला दोष कम लाग्नेछ।
यात्रा गर्नुअघि जहिले नि आफ्ना इष्टदेव लाई अथवा
मंगलं भगवान् बिष्णु: मंगलं गरुडध्वज:।
मंगलं पुण्डरीकाक्षो मंगलाय तनो हरि:।।
स्मरण गरेर मात्र यात्रा प्रारम्भ गर्नुहोला।
आफ्नो जन्मवार, जन्मनक्षत्र मा यात्रा गर्नुहुदैन, बाबुछोरा,दाजुभाई,नौजना महिला र तीनजना ब्राह्मणले एकसाथ यात्रा गर्नुहुदैन, स्त्रीहरुले विशेष गरेर यात्रा गर्दा सम्मुख अथवा दाहिने शुक्र पार्नु हुदैन,
अति आवश्यक कामको साइतको लागि हामीलाई
Astrologer Madhu Regmi- ‘Krishna’
मा सम्पर्क गर्नुहोला।
पौष २६ गते हराएको व्यक्ति अथवा वस्तु पाइन्छ कि पाइँदैन।
पौष २६ गते दिनमा २:४७ मिनटसम्म हराएको व्यक्ति अथवा वस्तु पाईदैन त्यसपछि हराएको व्यक्ति अथवा वस्तु ४ दिनभित्र पाईन्छ,हराएको ठाउँबाट पूर्व दिशामा खोज्नुहोला।

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशिदेखि चन्द्रमा चौथों स्थानमा बसेका कारणले चतुर्थे कलह आगम भनिएको छ अर्थात् आज विशेष गरेर वादविवादबाट टाढा रहनुहोला,अरुको झगडामा आफु सम्मिलित हुन नजानु होला,कुनैपनि वाक्य बोल्नु अघि अलि सोचेर बोल्नुहोला तथा कुनैपनि नयाँ काममा लगानि नगरेको नै राम्रो हुनेछ।
#मेषराशिलाई_सदैव-✍️👇
ॐ अंगारकाय नम: ,मंत्र संख्या , राशि तत्व: अग्नि, गुणवत्ता: -अस्थिर रंग: – गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र ,राशिको रत्न- मूंगा ,दान गर्ने – मसुर दाल,राशि मालिकको दिशा दक्षिण,दान गर्ने कपडा- रातो,राशि अनुसार घात वार-आइतवार, संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक:१,८,१०
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा तृतीय स्थानमा बसेका हुनाले तृतीये धनसम्पत्ति भनिएको छ अर्थात् आज धन धान्य प्राप्ति हुनेछ, आर्थिक पक्ष मजबूत रहनेछ,यदि कसैलाई पैसा दिनुभएको छ भने दिएको पैसा फिर्ता आउन सक्छ,व्यापार व्यवसाय क्षेत्रमा राम्रो संकेत देखिएको छ, पसलमा मानिसहरु आउनेछन्,यदि नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने राम्रो संग परामर्श लिएर शुरु गर्न सक्नुहुन्छ।
#वृषराशिलाई_सदैव-✍️👇
जप्ने मंत्र ॐ शुं शुक्राय नम:। राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: सिल्वर,क्रिम, दिन: शुक्रवार, सोमवार ,राशि रत्न- जरकन,दान गर्ने – शक्कर, राशि मालिकको दिशा – आग्नेय(पूर्वदक्षिणकोण),राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र।राशि अनुसार वारघात- शनिवार , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: २,७,१२
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा द्वितीय स्थानमा बसेका हुनाले मन संतोषं द्वितीयके भनिएको छ अर्थात् आज मनमा सन्तुष्टि रहनेछ,गरेको कामबाट जस प्राप्त हुन्छ, पारिवारिक सहयोग र माया पाईनेछ,बोलि वचनबाट फाईदा तथा यात्रा फलदायी हुने संकेत देखिएको छ।मुख भावमा बसेको चन्द्रमाले मीठो मीठो खाना खुवानेछ, आर्थिक लाभ प्राप्त हुने योग देखिएको छ।
#मिथुनराशिलाई_सदैव-✍️👇
जप्ने मंत्र ॐ बुं बुधाय नम:। तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि रत्न- पन्ना, दान गर्ने- हरियो वस्तु,राशि मालिकको दिशा- उत्तर, राशि स्वामी: बुध, राशि अनुसार घातवार- सोमवार, संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: ३,६
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
तपाईको राशि अर्थात् आफ्नै राशिमा चन्द्रमा बसेका हुनाले मजबुत अवस्थामा रहेका छन् आद्ये चन्द्र श्रीयं कुर्यात् भनिएको छ अर्थात् आज धन सम्पत्ति जोड्ने अवसर प्राप्त हुनेछ, गरिएको लगानिले फाईदा दिनेछ,दिएको पैसा फिर्ता आउने संकेत पनि देखिएको छ,जागिरमा पदोन्नति अथवा तलब बढ्ने योग बनेको छ,शरीर निरोगी रहनेछ, पारिवारिक सहयोग पाईनेछ, नयाँ कामको शुरुवात गर्ने अवसर प्राप्त हुनेछ।
#कर्कराशिलाई_सदैव-✍️👇
जप्ने मंत्र ॐ सों सोमाय नम:। तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र राशि रत्न- मोती,राशि मालिकको दिशा-वायव्य(पश्चिमोत्तरकोण) दान गर्ने वस्तु- दूध,दही,मोती, चांदी, राशि अनुसार घातवार-बुधवार, संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: २,४
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा बाह्रौं स्थानमा बसेका हुनाले द्वादशे केवलं क्षति: भनिएको छ अर्थात् आज तपाईले कुनैपनि नयाँ क्षेत्रमा लगानि गरेको राम्रो हुदैन,लेनदेनको कामबाट टाढा रहनुहोला,टाढाको यात्रा नगरेको नै राम्रो हुनेछ अथवा गाडी चलाउँदा सावधान रहनुहोला, नयाँ वस्तुको किनमेल तिर नलाग्नु होला आवश्यक भन्दा बढी खर्च अथवा ठगिनेछ।
#सिंहराशिलाई_सदैव-✍️👇
जप्ने मंत्र ॐ घृणी सूर्याय नमः
तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य ,राशि रत्न- माणिक्य, ,राशि मालिकको दिशा- पूर्व, दान गर्ने‌ वस्तु- तामाको भाँडो,राशि अनुसार घातवार-शनिवार,संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: १,५
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा एघारौं स्थानमा बसेका हुनाले एकादशे सर्वलाभो भनिएको छ अर्थात् आज तपाईलाई विभिन्न क्षेत्रमा फाईदा ,आफन्तजनसंग,इष्टमित्रसंग भेटघाट हुनेछ,जागिरमा लाभ प्राप्त ,गरेको लगानिमा सफलता मिल्ने तथा शिक्षाक्षेत्रमा पनि सफलता प्राप्त हुनेछ।गरेको काममा जस मिल्नेछ,मन शांत रहनेछ।
#कन्या_राशिलाई_सदैव- ✍️👇
जप्ने मंत्र ॐ बुं बुधाय नमः।तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध ,राशिको रत्न-पन्ना,राशि मालिकको दिशा-उत्तर, दान गर्ने वस्तु-मूंग दाल(खोस्टावाला) राशि अनुसार घातवार-शनिवार, संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: ३,६
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा दशौं स्थानमा बसेका हुनाले
दशमे मनसेप्सितम् अर्थात् आज मनले आंटेका कामहरु पुरा हुदै जानेछन्,मन प्रसन्न रहनेछ,गरेको लगानि ले फाईदा पुर्याउनेछ, वैवाहिक जीवन राम्रो रहनेछ,जागिर तथा व्यापारमा वृद्धि हुने योग बनेको छ।बुवाको सहयोग,माया मिल्नेछ, नयाँ आम्दानीको श्रोत मिल्नेछ।
#तुलाराशिलाई_सदैव-✍️👇
जप्ने मंत्र ॐ शुं शुक्राय नम:।तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र,राशि रत्न-जरकन,राशि मालिकको दिशा- आग्नेय (पूर्वदक्षिणकोण)दान गर्ने वस्तु- शक्कर,राशि अनुसार घातवार- बिहीवार, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: २,७,१२
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा नवौं स्थानमा बसेका हुनाले नवमे धर्म लाभश्च भनिएको छ अर्थात् आज तपाईको मन धर्म तिर लाग्नेछ,धार्मिक कार्यक्रममा उपस्थित हुने मौका मिल्नेछ,अध्ययन अध्यापनको क्षेत्रमा सफलता प्राप्त हुनेछ,सामाजिक कार्यमा सक्रियता बढ्नेछ,राजनितिक क्षेत्रमा आफ्नो महत्व बढ्नेछ,मान सम्मान कमाउने दिन परेको छ।भाग्यमा वृद्धि हुनेछ।
#वृश्चिक_राशिलाई_सदैव- ✍️👇
जप्ने मंत्र ॐ भौमाय नम:। , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल,राशि रत्न-मूंगा,दान गर्ने वस्तु- मसूर दाल,रातो कपडा, राशि मालिकको दिशा- दक्षिण दिशा, अनुसार घातवार-शुक्रवार, संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: १,८,१०
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा आठौं स्थानमा बसेका हुनाले
मरणं चाष्टमं तथा भनिएको छ अर्थात् आज तपाईको लागि दिन अलि कष्टकारक हुनसक्छ, वादविवादबाट टाढा रहनुहोला,फाल्तुमा अरुलाई सम्झाउने प्रयास नगर्नुहोला,गाडी चलाउँदा ख्याल गर्नुहोला चोटपटक लाग्ने खतरा देखिन्छ,बोलिवचनको माध्यमबाट पीडा पुग्नसक्छ।टाढाको यात्रा नगर्नुहोला, नयाँ कामको शुरुवात नगर्नुहोला।
#धनुराशिलाई_सदैव -✍️👇
जप्ने मंत्र ॐ बृं बृहस्पतये नम:। तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव, रंग: पहेलो, दिन: बिहीबार, राशि स्वामी: बृहस्पति,राशिरत्न-पुखराज(पुष्पराज)राशि मालिकको दिशा-ईशान(पूर्वोत्तर कोण)दान गर्ने वस्तु-बेसार,पहेंलो दाल,पहेलो कपडा, राशि अनुसार घातवार-शुक्रवार, संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: ४,९,१२
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा सातौं स्थानमा बसेका हुनाले
सप्तमे राजसम्मानं भनिएको छ अर्थात् आजको दिन तपाईको लागि नाम कमाउने दिन परेको छ,सरकारी निकायबाट फाईदा मिल्नेछ,अध्ययन अध्यापन क्षेत्रबाट पुरुस्कार प्राप्त हुने योग बनेको छ, मान्यवरहरुको संगति मिल्नेछ, वैवाहिक जीवन सुखमय बन्नेछ, दैनिक आयमा वृद्धि हुनेछ।
।#मकरराशिलाई_सदैव -✍️👇
जप्ने मंत्र ॐ शं शनैश्चराय नमः, राशितत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि, राशिको रत्न- नीलम, राशि मालिकको दिशा- पश्चिम, दान गर्ने वस्तु-कालो दाल(मासको दाल),तोरीको तेल, राशि अनुसार घातवार-मंगलवार,राशि रत्न-नीलम, राशि मालिक, संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: १०,११,७
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा छैठौं स्थानमा बसेका हुनाले
षष्ठे सम्पत्तिरुत्तमा भनिएको छ अर्थात् आज तपाईलाई उत्तम प्रकारको सम्पत्तिको लाभ प्राप्त हुने योग बनेको छ,घर तथा जमिन जोड्ने अवसर मिल्नेछ, नयाँ लगानि ले फाईदा पुर्याउनेछ, गरेको कामबाट जस मिल्नेछ,आफन्तसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ।
।#कुम्भराशिलाई_सदैव ✍️👇
जप्ने मंत्र ॐ शं शनैश्चराय नम: ।-तत्व: वायु,, गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार,राशिको रत्न- नीलम, राशि मालिकको दिशा- पश्चिम,दान गर्ने वस्तु- मासको दाल,तिल,तेल, राशि अनुसार घातवार-बिहीवार, संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: १०,११,७
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा दैनिक ग्रहगोचर कुंडली अनुसार तपाईको राशि देखि चन्द्रमा पाचौं स्थानमा बसेका हुनाले
पंचमे ज्ञानवृद्धिश्च भनिएको छ अर्थात् आज विद्वानवर्गको संगति प्राप्त हुनेछ, नयाँ नयाँ कुरा सिक्ने अवसर मिल्नेछ,अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता प्राप्त हुनेछ,सामाजिक कार्यक्रम भाग लिने मौका मिल्नेछ।
#मीनराशिको_लागि_सदैव ✍️👇
जप्ने मंत्र ॐ बृं बृहस्पतये नम:। तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु, राशि रत्न- पुखराज(पुष्पराज) राशि मालिकको दिशा- पश्चिम,दान गर्ने वस्तु- पहेंलो दाल, पहेंलो कपडा, राशि मालिकको दिशा- ईशान (पूर्वोत्तरकोण)राशि अनुसार घातवार-शुक्रवार संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: ४,९,१२
L

Facebook Comments
Down to post ads-480-38

Comments are closed.