web analytics

जनता सामु गरीएका प्रतिबद्धता पूरा गरेरै छाडिनेछ-मन्त्री मगर   

कञ्चनपुर, २६ पुस ।

Sponsored Ads

खानेपानी मन्त्री बिना मगरले जनता सामु आफुले गरेका प्रतिबद्धताहरु पूरा गरेरै छाडने बताउनुभएको छ । कञ्चनपुरको बेलौरी खुलामञ्चमा आजदेखि सुरु भएको “ड्वासर बेलौरी माघ म्याला २०७६” अर्थात दोस्रो बेलौरी माघ मेला २०७६ को उदघाटन समारोहलाई सम्बोधन गदै उहाँले सो कुरा बताउनुभएको हो ।

डगौरा थारू समुदायको महान पर्व माघीको अवसरमा आयोजना गरीएको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा प्रमुख अतिथिको आसनमा हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थारू समुदायको कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो। देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।

मन्त्री मगर भन्दा अघि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले यो क्षेत्रका जनताले क्याविनेट मन्त्री पाउँदा पनि सन्तुष्ट हुने कुनै आधार नरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफुले सांसद हुँदा गरेका काम जति पनि वर्तमान अवस्थामा हुन नसकेको आरोप लगाउँदै तत्कालीन क्रमागत योजनाहरूको बजेट कटौती गरिएको भन्दै आक्रोश पोख्नु भएको थियो । र बजेटको सहि सदुपयोग हुन नसकेको गुनासो गर्नुभएको थियो । दिवान सिंह बिष्टको गुनासोको जवाफमा प्रतीप्रश्न गर्नुहुँदै “कंचनपुर जिल्लाको पछाडि परेको दक्षिणी भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो । यस अघिका नेतृत्व तथा जनप्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।”

“यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु ।” उहाँले प्रतिप्रश्न गर्दै भन्नु भयो ” जनताका अगाडि जे जे प्रतिबद्धता गरिएको छ, त्यो मेरो स्मरणमा छ । विकासको काम सुरु गरेको छु त्यो पुरा गरेरै छाड्ने हो । विकास मैले नै गर्ने हो । हामी जनप्रतिनिधिले नै गर्ने हो ।”

हुलाकी सडक लगायत अन्य बाटो घाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढाइएको उहाँले स्पष्ट पार्नु भयो ।

बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । उहाँले यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण कामहरु अगाडि बढेको बताउनुभयो ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिनुभयो । उहाँले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित -यालीमा सहभागी हुनु भएको थियोे । कार्यक्रमको आयोजना र व्यवस्थापन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो ।

मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाउनु भएको थियोे ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.