web analytics

क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा विक

कैलाली, २६ पौष ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारहरूको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सीपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन्।
यस्तै सदस्यहरुमा पूर्ण विक, हिक्मत बादी, खडकबहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, पे्रमराम लोहार, आरती एसके, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन भएका छन्।
अध्यक्ष विक टीकापुरबाट प्रकाशन हुने ‘सुदूर सन्दर्भ’का सम्पादक हुन्। सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका क्रियाशील दलित पत्रकारहरूको उपस्थिति रहेको थियो।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.