web analytics

पुनर्वास ३ स्थीत श्री दलित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ साधारण सभा सम्पन्न

कञ्चनपुर, २३ पौष
पुनर्वास ३ आईबिआरडी स्थीत श्री दलित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम बिच पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले पानसमा दिप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

मन्तव्य राख्नुहुँदै नगरप्रमुख जीवनराज थापा
COVID-19 Post ADS

संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरको सभापतित्व, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिको आसनमा नगर उपप्रमुख शारदा बिष्ट, केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक भरत बहादुर बिष्ट, सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा संयोजक डिल्ली प्रसाद शर्मा, जनता बहुमुखी क्याम्पस पुनर्वासका क्याम्पस प्रमुख कर्ण बहादुर बुढा, राष्ट्रिय सहकारी बैक, शाखा कार्यालय धनगढीका कार्यालय प्रमुख कृष्ण रावल, सुदुरपश्चिम प्रदेश साना किसान सहकारी संघका सञ्चालक धर्मकला पौडेल, पुनर्वास नगर सहकारी सञ्जालका अध्यक्ष शंकर बहादुर के.सी. हुनुहुन्थ्यो । अतिथिको आसनमा पुनर्वास सहकारी संस्थाका अध्यक्ष परशुराम बि.क.,नेकपा कञ्चनपुरका जिल्ला सदस्य कञ्चन गीरी, नेपाली काङ्ग्रेस नगर सभापति याम प्रसाद पौडेल, पुनर्वास उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो ।

उपस्थित अतिथिगण

त्यस अवसरमा संस्थाका पदाधिकारी, शेयरधनी महानुभावहरुको उपस्थिति थियोे ।
संस्थाका अध्यक्ष तथा सभाका सभापति चन्द्र बहादुर मगरले प्रतिवेदन वाचन गर्नुहुँदै यस आर्थिक बर्षमा १४ करोड ९६ लाख ५ सय ७९ वचत संकलन गरि १३ करोड ९२ लाख ६७ हजार ९ सय ४५ वचत फिर्ता गरि हाल संस्थाको वचत ४ करोड ५० लाख ९५ हजार ४७ रहेको जानकारी दिनुभएको थियोे । र उहाँले मन्तव्यको क्रममा संस्थाको सबैले प्रशंसा मात्र गरेको तर आलोचना नगरेको कारण संस्था सहि दिशा तर्फ अगाडि बढन सफल रहेको कुरामा आफु ढुक्क भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर मगर

प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले यस संस्थाले चिस्यान केन्द्र बनाउने लगायत थुप्रै कदमहरुलाई नगरपालिकाले ऐन र नियम बनाएर अगाडी बढाउने तथा यसका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले पुनर्वासका किसानहरुले उत्पादनमा जोड दिए मात्र चिस्यान केन्द्र सफल हुने बताउनुहुँदै आत्मनिर्भरता तर्फ लाग्न आग्रह गर्नुभयो ।
केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक भरत बहादुर बिष्टले पुनर्वासमा चिस्यान केन्द्र बनाउनु निकै जरुरी भएको बताउनुहुँदै यसका लागि सरकारका तीनै तहलाई गुहार्नुपर्ने जिकिर गर्नुभयो । चिस्यान केन्द्र बनाउन पहल र प्रयास गरेकोमा संस्थालाई सफलताको लागि अग्रिम शुभकामना प्रदान गर्नुहुँदै सल्लाह र सुझाव चाहिए आफू जतिखेर पनि तयार रहेको बताउनुभयो ।

नगर उपप्रमुख शारदा बिष्ट मन्तव्य राख्नुहुँदै

नगर उपप्रमुख शारदा बिष्टले सहकारीहरुले नाम अनुसार उद्देश्यहरुमा विविधता ल्याउनुपर्ने बताउनुहुँदै स्थानीय जनताको जीवनस्तर माथी उठाउन सहकारीहरुको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमलाई संस्थाका व्यवस्थापक दान बहादुर रावलले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.