web analytics

सिमाना साना किसान कृषि सहकारी संस्था लि. पुनर्वास ११को तेश्रो साधारण सभा सम्पन्न

कञ्चनपुर, पुस २२
पुनर्वास नगरपालिका ११ भिम बस्ती स्थीत सिमाना साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्यमा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो भने नगर प्रवक्ता भारमल सुनार अतिथिका रुपमा हुनुहुन्थ्यो । संस्थाका सम्पूर्ण पदाधिकारीहरु, शेयर धनी महानुभावहरु, अन्य वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा नगरप्रमुख थापाले संस्थाको प्रगतिका लागि नगरपालिकाले गर्नुपर्ने हरेक प्रकारका सहयोग गर्न आफू तयार रहेको स्पष्ट पार्नुहँदै उहाँले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियोे । त्यसैगरी नगर उपप्रमुख बिष्टले सहकारी संस्थाहरुले महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बन्न सघाएको बताउनुहुँदै ऋण लगेपछि सदुपयोग गरे सम्पन्नता आउने तर दुरुपयोग गरे विपत्ती आउने भएकाले यसतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
नगर प्रवक्ता भारमल सुनारले जनताका हरेक प्रकारका आवश्यकता र अप्ठ्यारालाई सम्बोधन गर्न पुनर्वास नगरपालिका तयार रहेको बताउनुहुँदै छोटो समयमै राम्रो प्रगति गर्न संस्था सफल रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.